मुख्य समाचार

वैशाखमा एक वर्षयताकै कम आयात, पेट्रोलियम आयात भने सबैभन्दा बढी

काठमाडौं, ९ जेठ । चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख महिनामा आयातमा सबैभन्दा कम आयात भएको छ । मासिक डेढ खर्ब बढीको वस्तु आयात हुँदै आएकोमा वैशाखमा सबैभन्दा कम आयात भएको हो । नेपालले वैशाख महिनामा १ खर्ब ३७ अर्ब ९९ करोड ११ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जुन चालु आर्थिक वर्षको सबैभन्दा कम हो । यसअघि चैत महिनामा नेपालले १ खर्ब ५७ अर्ब ९२ करो ७१ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । जसमा चैतको तुलनामा वैशाखमा… पुरा पढौ

मार्जिन कर्जा सुविधा प्रदान गर्न १५ ब्रोकर कम्पनी तयार

काठमाडौं, ९ जेठ । मार्जिन कर्जा प्रदान गर्नका लागि १५ धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरू तयार भएका छन् । नेप्सेले वैशाख १४ गतेदेखि लागू गरेको संधोधित मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि अनुसार कर्जा प्रदान गर्न १५ ब्रोकर कम्पनीहरुले स्वीकृति पत्र नविकरण गरेका छन् । नेप्सेले तीन वर्ष अघिनै मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि २३ ब्रोकर कम्पनीहरुलाई स्वीकृति प्रदान गरेको थियो । सो अवधिमा ब्रोकरहरूलेनै कार्यविधिका केहि बुँदाहरु संशोधनको लागि माग गरेका थिए । ब्रोकरहरूको मागलाई सम्बोधन गर्दै मार्जिन कारोबार… पुरा पढौ

५१ लाख ९४ हजारभन्दा बढीले खाेले डिम्याट खाता

काठमाडौं, ९ जेठ । नेपालमा डिम्याट खाताको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेका छन् । पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता संख्या बढेको हो । सिडिएस क्लियरिङ लिमिटेडका अनुसार ५१ लाख ९४ हजार ९४१ ले खाता बनाएका छन् । केही समय अगाडि कम्पनीहरुले पनि आईपीओ बाँडफाँट गरेको एक महीनापछि शेयर सूचीकृत गराउथे भने अहिले आईपीओ बाँडफाँट भएको एक हप्तामै शेयर कारोबार हुन थालेको छ । यसले गर्दा प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । नेपाली धितोपत्र… पुरा पढौ

पोखरा महानगरको प्रमुखमा गठबन्धनका धनराज आचार्य र उपप्रमुखमा एमालेका मन्जु गुरूङकाे अग्रता कायमै

पाेखरा,९ जेठ । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन । नेकपा(एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन । हालसम्म गठबन्धनका आचार्यले तीन हजार ९७९ मतान्तरसहित अग्रता हासिल गरिरहेका छन । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ… पुरा पढौ

सोमबार सुनचाँदी दरभाउमा भएन फेरबदल

काठमाडौं, ९ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार सुनचाँदीको भाउमा कुनै फेरबदल भएको छैन । अर्थात यसदिन सुनचाँदीको भाउ स्थिर रहि करोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको भाउ स्थिर रहेको जनाएको छ । यसअनुसार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि तेजाबी सुन… पुरा पढौ

रणनीतिक महत्वको बेनीदेखि तातोपानी खण्ड कालोपत्र सम्पन्न

म्याग्दी, ९ जेठ । प्राकृतिक उपचारस्थलको रुपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए। “पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ”, उनले भने, “११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।” नौ… पुरा पढौ

रारा किनारमा नाडा अटोमोबाइल्स एसोसिएसनको बैठक सम्पन्न, पर्यटन प्रवर्धनमा टेवा : अध्यक्ष थापा

काठमाडौं, ९ जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २ हजार ९९० मिटर उचाईमा अवश्थित रारातालकाे किनारमा कार्यसमितिको बैठक सम्पन्न गरेको छ । संघीय राजधानी काठमाडौं तथा देशका मुख्य शहरहरुबाट नाडा यसपालि दुर्गम कर्णालीको रारामा किन पुग्यो त ? नाडा अध्यक्ष ध्रुव थापाले भने, पर्यटनको महत्वपूर्ण क्षेत्र रारामा बैठक गर्नु आन्तरीक पर्यटनलाई बढावा दिनलाई नै हो । पर्यटनको बिस्तारका लागि आन्तरीक भ्रमण गरेर प्रवर्धनको सन्देश दिन खोजिएको हो थापाले भने । प्राकृतिक रुपमा सुन्दर राराको लागि आवश्यक पूर्वाधार निर्माणमा जोड… पुरा पढौ

पोखरामा एमालेकी मञ्जु गुरूङकाे शानदार अग्रता

काठमाडाैं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । एमालेकी उपप्रमुखकी उम्मेदवार मञ्जु गुरूङकाे शानदार अग्रता देखिएकाे छ। उनले गठबन्धनका मेयर पदका उम्मेदवार धनराज आचार्यभन्दा २ हजार २६८ मत बढी ल्याएकी छन् भने प्रतिष्पर्धी काेपिला रानाभाटलाई २ हजार ७९० मतले पछि पारेकी छन्। हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४७ हजार ९९२… पुरा पढौ

देशभर सामान्य बदली-मेघ गर्जन, चट्याङ्ग र हुरीसहित वर्षाको सम्भावना

काठमाडाैं, ९ जेठ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जनाएकाे छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्यता सफा रहेको छ । साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।  जेठ ९ गते (सोमवार) दिउँसो : देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ। देशका केही  स्थानहरुमा र मेघ गर्जन / चट्याङ्ग  र  हावा… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल प्रतिलिटर १८० र ग्यास प्रतिसिलिण्डर १८०० पुग्याे

काठमाडौं, ८ जेठ । नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थकाे मूल्यबृद्धी गरेकाे छ । भारतमा यही समयमा भाउ घटेकाे छ भने नेपालमा बढाइएकाे छ । आज राति १२ वजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटिट्टतेलमा १०/१० रुपैयाँ बढाएको छ । यस्तै खाना पकाउने एल.पी ग्यासमा प्रतिसिलिण्डर रुपैयाँ २०० ले बृद्धि गरेको छ । अब नयाँ मूल्य अनुसार उपभोक्ताले पेट्रोल प्रतिलिटिर १८० रुपैयाँमा खरिद गर्नुपर्नेछ । डिजेल र मट्टितेलको प्रतिलिटर रुपैयाँ १६३ पुगेको छ । एल.पी ग्यास प्रतिसिलिण्डर… पुरा पढौ