मुख्य समाचार

बागमती, गण्डकी र लुम्बिनीमा हल्का देखि मध्यम वर्षा हुँदै

काठमाडाैं, ८ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जनाएकाे छ। हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।   जेठ ८ गते (आइतबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम… पुरा पढौ

कामपाले सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म सेवा दिने

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेले जारी गरेकाे सूचनामा भनिएको छ । नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ । केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय… पुरा पढौ

नेपाल अडिटर्स एसोसियसन गण्डकी प्रदेशको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल र्निवाचित

पोखरा, ७ जेठ । नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकी प्रदेश समितिको छैटौ प्रदेश अधिवेशन पोखरामा सम्पन्न भएको छ । अडानका केन्द्रिय महासचिव झलकमणी लम्सालको संयोजकत्वमा बनेको ३ सदस्यीय निर्वाचन समितिले गरेको र्निवाचनबाट पदमबन्धु पोखरेलको अध्यक्षतामा १८ सदस्य कार्यसमिति निर्वाचित गरेको नव निर्वाचित सचिव पदम जि.सी.ले जानकारी दिएका छन । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका परिषद सदस्य तथा समितिका अध्यक्ष केश बहादुर के.सीको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । प्रमुख अतिथी अडानका केन्द्रिय अध्यक्ष मोहन राज रेगमीले उद्घाटन गरेको उक्त सभामा समितिको… पुरा पढौ

बुटवल उपमहानगरकाे प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल विजयी

लुम्बिनी, ७ जेठ । स्थानयि तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् । मतगणना आज भर्खरै सकिए पनि एकीकृत गर्ने काम नसकिएकाले घोषणा गर्न अझै केही बेर लाग्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। “गणना भएका सबै मतको एकीकृत गर्ने काम भइरहेको छ, अन्तिम आधिकारिक घोषणा गर्न अझै केही समय लाग्नेछ”, प्रमुख निर्वाचन अधिकृत पौडेलले भने। स्थानीय… पुरा पढौ

स्थानीय सरकारको पहिलो निर्णय : स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म

तम्घास, ७ जेठ । गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको सुरुदेखि नै सबै घरको न्यूनतम विद्युत् महसुल पालिकाले तिरिदिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए। बीमामा छुट र सुत्केरीलाई यातायात खर्च चन्द्रकोट गाउँपालिकाले विपन्न… पुरा पढौ

काे हुन सधैं विजेता बनेका गुमानसिंह अर्याल ?

लमजुङ, ७ जेठ । गुमानसिंह अर्यालले कहिल्यै हार ब्यहोर्नु परेको छैन । बेँसीशहरका ६५ वर्षीय अर्याल प्रधानपञ्चदेखि हालको स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता बन्न सफल भए । बेँसीशहर नगरपालिका वडा नं ९ का अर्याल बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पुनःदोस्रो कार्यकालका लागि नगर प्रमुख बन्न सफल भए । पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा विसं २०४३ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधि अर्थात बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च बने। उक्त बेला बमबहादुर अर्याल, रणबहादुर अधिकारी, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल, गणेशबहादुर रावललगायत… पुरा पढौ

भरतपुरमा ७४ हजार मतगणना सकियो, दाहालकाे अग्रता कायमै

चितवन, ७ जेठ । भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो । मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओबादी केन्द्र)का रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि पारेकी छन् । दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले… पुरा पढौ

महोत्तरीको गौशाला र बाँकेको नरैनापुरमा जसपा विजयी

काठमाडौं, ७ जेठ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । आज सम्पन्न मतगणना परिणामअनुसार प्रमुखमा आठ हजार ७९९ मतका साथ डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा आठ हजार ४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रमुख र उपप्रमुख दुवै पदमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका थिए । प्रमुखमा विष्णु योञ्जन लामाले पाँच हजार ६२७ र उपप्रमुखमा जनकदुलारी साहले पाँच हजार ४९० मत प्राप्त गरेको… पुरा पढौ

पोखरा महानगरको प्रमुखमा गठबन्धनका धनराज र उपप्रमुखमा एमालेकी मञ्जु गुरूङको अग्रता

पाेखरा, ७ जेठ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गरेका छन् । त्यस्तै प्रमुख पदमा… पुरा पढौ

मुख्यमन्त्री पोख्रेलले गरे आई एन एफ नेपाल हरियोखर्क अस्पतालको अवलोकन

पोखरा,७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल तथा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड्का सहितकोे टोलीले पोखरास्थित इन्टरनेसनल नेपाल फेलोसिप (आई एन एफ) नेपालद्वारा सञ्चालित हरियोखर्क अस्पातलको अवलोकन भ्रमण गरेका छन । एक औपचारिक कार्यक्रम बीच सो टोलीलाई आई एन एफ नेपाल हरियोखर्क अस्पातलले स्वागत गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुख्यमन्त्री पोखरेलले कुष्ठरोगको उपचारका लागि खुलेको हरियो खर्क अस्पतालले निरन्तर सेवा प्रदान गर्दै हाल शारीरिक असक्तता, कान , स्पाइनल कर्ड इन्जुरी जस्ता… पुरा पढौ