मुख्य समाचार

बालेन, दाहाल र धनराजकाे अग्रता कायमै

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकामा बालेन १२ हजार २१५ मतले अगाडी निर्वाचनको मत परिणामले स्वतन्त्र उदाएका उम्मेदवार बालेन्द्र शाहलाई अग्रता मिलिरहेको विषय आम जनताबाट अनुमाेदित जनताका प्रतिनिधिको थलो संसद भवनसम पुगेको छ । बालेनकाे राजनीतिक उदयले दलका नेताहरु गम्भिर बनेका छन् । उनीहरुले हामी कहि‌कतै चुकेकाे अनुभूति गरेकाे बताउन थालेका छन् । भर्खरकाे लक्का जवानकाे याे टक्कर र चूनाैतीले प्रत्यासि र दलहरुलाइ साेचमग्न बनाइदिएकाे छ । स्वतन्त्र उम्मेदवारको रुपमा बालेन मेयरको उम्मेदवारको रुपमा खडा भएपछि एमाले उम्मेदवार तथा पूर्व… पुरा पढौ

थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

काठमाडौं, ६ जेठ । नेपालका थप ४ वटा बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भएका छन् । सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरूलाई आवद्ध गराइएको हो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड , समृद्धि फाइनान्स लिमिटेड र श्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स कं लि उक्त प्रणालीमा थपिएका हुन् ।… पुरा पढौ

अहिलेसम्म नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

काठमाडौं, ६ जेठ । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुईजना र नेकपा (एमाले)बाट तीन महिला नगरप्रमुखमा निर्वाचित भएका छन्। यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन् । तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०,… पुरा पढौ

नेशनल लाईफ इन्स्योरेन्सले सिन्धुपाल्चोककाे सामुदायिक अस्पतालका लागी ६० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं, ५ जेठ । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कं. लि. र एक एक पाईला फाउण्डेशन बिच संझौता भएको छ । कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले संझौतामा हस्ताक्षर गरेका हुन । संझौताअनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पु¥याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख आर्थिक… पुरा पढौ

आत्मनिर्भर केन्द्रित बजेट बनाउन सांसदकाे सुझाव, संसदमा पनि बालेन्द्रकाे चर्चा

काठमाडौं, ५ जेठ । राष्ट्रियसभा सांसदहरूले आव २०७९-८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिए। नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारसँग सही योजना भएको खण्डमा मात्रै प्रतिपक्ष दल राष्ट्रिय सहमति गर्न तयार रहेको बताए। उनले भने, “नागरिकतासम्बन्धी कानुन देशभरि समस्या छ, आमाको नामबाट नागरिकता दिने सवालमा समास्या छ, आजको राजनीतिलाई विकास र समृद्धिमा… पुरा पढौ

लगानीकर्ताले राष्ट्र बैंकलाई ४ बुँदे पत्र बुझाएको भाेलिपल्टै नेप्सेमा २३.५१ अंककाे गिरावट

काठमाडौं, ५ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बिहिबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकलाई सेयर कर्जामा लगाएको ४/१२ को मापदण्डलाई फिर्ता गर्न चार बुँदे पत्र बुझाएको भोलिपल्टै आज सेयर बजार ओरालो लागेको हो । अझैं पनि बजारले सकारात्मक लय नलिएपछि लगानीकर्ताहरुको मनोवल घटेको छ । यसदिन म्युचुअल फण्डमा सामान्य बृद्धि भएपनि अन्य सबै उपसमूहरुमा रातो लागेको छ । सबैको सेयर घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.५१ अंकले घटेर… पुरा पढौ

देशको आर्थिक विकासको निम्ति लाग्न सांसदहरूको आग्रह

काठमाडौं, ५ जेठ । राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्षनेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न आग्रह गरेका छन् । सभाको आजको तेस्रो बैठकमा सभामुखसँग समय माग गरी बोल्दै नेपाली कांग्रेसका तर्फबाट बोल्दै जितेन्द्रनारायण देवले भने, “कोभिड, युक्रेन–रसियाबीच भएको युद्धले गर्दा विश्वकै आर्थिक अवस्था सङ्कटमा परेको छ, राजनीतिक दल र दलका नेताहरू आपसमा आरोप–प्रत्यारोपलाई छाडेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने छ, सबै मिलेर देश बनाऔँ, सत्तापक्ष र प्रतिपक्षबाट माथि उठौँ ।” प्रतिनिधिसभाबारे सर्वोच्च अदालतले गरेको… पुरा पढौ

अर्थतन्त्रको सुधारका लागि पहल गरिएन-रावल

काठमाडौं, ५ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९-८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी छ । बैठकमा नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले अर्थतन्त्रको सुधारका लागि पहल गर्न नखोजेकोमा आपत्ति जनाए। उनले कृषि उत्पादन र कृषि उत्पादकत्वमा ध्यान नदिइएको जनाउँदै देशभित्रै रोजगारीको अभिवृद्धि गर्न, विदेशी कामदार ल्याउनै नपर्ने व्यवथा गर्न माग गरे । उनले माथिल्लो कर्णालीजस्ता र पश्चिम सेती जलविद्युत ठूला आयोजना आफैँले निर्माण गर्न सुझाव दिए। उनले भने, “सुशासन कायम गर्न… पुरा पढौ

७३ करोडको आईपीओ ल्याउन यी ३ हाइड्रोले बोर्डसँग मागे अनुमति

काठमाडौं, ५ जेठ । तीन हाइड्रोपावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।मायाखोला हाइड्रोपावर, भूगोल इनर्जी र मकर जितुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । तीनवटै कम्पनीले आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् ।तीनवटै कम्पनीले कुल ७३ करोड १२ लाख रुपैयाँ बराबरको ७३ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् । मायाखोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता निष्काशन गर्नेछ… पुरा पढौ

चुनावी असर : बैंकहरूको साढे १९ अर्ब निक्षेप घट्यो

काठमाडौं, ५ जेठ । बैंकिङ प्रणालीबाट एक साताको अवधिमा ४ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाख ३० गतेसम्ममा आइपुग्दा ४ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख २३ गतेसम्म प्रणालीमा ४३ खर्ब ७३ अर्ब ४६ करोड निक्षेप रहेको थियो । वैशाख ३० गतेसम्म आइपुग्दा करिब ४ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यस्तै यो एक साताको अवधिमा कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले घटेको छ । वैशाख २३ गतेसम्म ४१… पुरा पढौ