मुख्य समाचार

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज आंशिक बदली रहने

काठमाडाैं, ७ जेठ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको जनाएकाे छ। हाल प्रदेश १ तथा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । जेठ ७ गते (शनिबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली  रही  बाँकी  भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र  अन्य प्रदेशहरुका थोरै… पुरा पढौ

बूढानीलकण्ठमा कार्यपालिका निर्वाचन जेठ १७ गते

काठमाडाैं, ७ जेठ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने भएको छ । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय तह सदस्य निर्वाचन २०७९ को पहिलो चरणको निर्वाचन सम्पन्नपश्चात् दोस्रो चरणका लागि नयाँ मिति तोकेको हो । बूढानीलकण्ठमा जेठ ८ गते बिहान १० देखि १ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, १ देखि ४ बजेसम्म नामावली सच्याउने, ४ देखि ५ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तोकेको छ । यस्तै, जेठ ९ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरीउपर जाँचबुझ गर्ने,… पुरा पढौ

धुलिखेलको प्रमुखमा एमालेका व्याञ्जु दोस्रो पटक विजयी, उपप्रमुखमा कांग्रेसका जङ्गम

बनेपा, ७ जेठ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का अशोककुमार व्याञ्जु श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसका निराजन जङ्गम विजयी भएका छन् । सम्पन्न मतगणनाको परिणामअनुसार व्याञ्जुले आठ हजार ३५१ मत र उपप्रमुख पदका उम्मेदवार जङ्गमले सात हजार ९३८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रमुख पदको निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवार बनेका विदुरबहादुर बस्नेतले सात हजार ४११ मत प्राप्त गरे भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एमालेका लालतारा अधिकारीले सात हजार ७९१ मत प्राप्त गरे। धुलिखेल नगरपालिकाको प्रमुखमा विजयी व्याञ्जु दोस्रो पटक… पुरा पढौ

अर्थतन्त्र सङ्कटमा पर्याे भनेर राजनीतिकरण नगरौं : अर्थमन्त्री शर्मा

काठमाडौं, ६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सबलीकरण गर्ने तथा देशभित्रै उत्पादन हुन सक्ने कृषि उपजको अत्याधिक आयातलाई नियन्त्रण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । कोरोना कहर, बेसौमसी वर्षा र रुस तथा युक्रेनको सङ्घर्षका कारण मूल्य श्रृखलामा परेको प्रभावका कारण मुलुककाे आर्थिक जगतमा दबाव परेको भए पनि त्यसलाई सामान्यीकरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। आगामी आवको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्रीले अर्थतन्त्र समस्यामा प¥यो भनेर त्यसलाई राजनीतिकरण गर्नुभन्दा पनि समाधानका लागि… पुरा पढौ

नेप्सेमा लगातार गिरावट,लगानीकर्ता सुधारका दिन पर्खदै

काठमाडौं, ६ जेठ । सेयरबजार लगातार ओरालोको यात्रामा गएको छ । आज पनि सेयरबजार अघिल्लो दिनको नकारात्मक लयलाई पछ्याउँदै ओरालोतिरै गएको हाे । म्युचुअल फण्डबाहेक सबै उपसूचकहरुमा रातो लागेको छ भने कारोबार रकम अर्बबाट करोडमा झरेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन शुक्रबार सेयर बजारमा देखिएको करेक्सनले लगानीकर्ताको मनोवल झन् घटाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको कुरा गर्दैगर्दा र संसदमा वजेटसम्बन्धी प्रारम्भिक चरणका छलफल शुरु हुँदा लगानीकर्ताहरुलाई स्पष्ट वजेटको आकार तथा मौद्रिक नीतिको निचोड पर्खिनु… पुरा पढौ

सांग्रिला बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा २० प्रतिशतसम्म विशेष छुट पाउने

काठमाडौं, ६ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । आज एक समारोहका विच उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप… पुरा पढौ

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

काठमाडौं, ६ जेठ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनीहरुले मुलुकको वर्तमान आर्थिक सङ्कटलाई मध्यनजर गरी बजेटमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। छलफलमा सहभागी सांसद देवप्रसाद तिमिल्सिनाले कडा र जटिल रोगका उपचारका लागि सर्वसाधारण जनतालाई सहज सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गर्न माग गरे। उनले द्रुत मार्ग समयमै निर्माण गरेमात्र देशले फड्को मार्ने बताउँदै किसानलाई दिने… पुरा पढौ

१९ निर्जीवन बीमा कम्पनीको नाफा बढ्यो, ७ वटाको घट्यो

काठमाडौं, ६ जेठ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको नाफामा सामान्य वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरूको नाफा घटेपनि सो अवधिमा निर्जीवनको भने कुल नाफा ४ प्रतिशतले बढेको हो । यस अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा  ३० प्रतिशतले घटेको छ । निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरूको नाफामा सामान्य वृद्धि भएको पाइएको हो । १९ निर्जीवन बीमा कम्पनीहरूले गत साउनदेखि चैतसम्ममा १९ कम्पनीले ३ अर्ब ५८ करोड… पुरा पढौ

नेपाल फाइनान्सले गर्याे साढे ३४ करोड बढीको हकप्रद सेयर निष्काशन

काठमाडौं, ६ जेठ । नेपाल फाइनान्सले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७ कित्ता सेयरको रेसियोमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । रुपैयाँ १०० मूल्य अंकित दरमा ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता बिक्रीमा ल्याईएको हो । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि वैशाख २१ गते बुक क्लोज गरेको थियो । वैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर… पुरा पढौ

पुनर्बीमा कम्पनीको व्यापार खोस्ने सरकारको निर्णय,  हिमालयन रीसँग बराबरी हिस्सा

काठमाडौं, ६ जेठ । सरकारले आफ्नै लगानीमा सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यापार खोस्ने निर्णय गरेको छ । सरकारले हाल नेपाल पुनर्बीमा कम्पनीलाई दिइँदै आएको २० प्रतिशत प्रत्यक्ष हिस्सा निजी कम्पनी हिमालयन रिलाई पनि बाँड्ने निर्णय गरेको हो । हालसम्म सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत पुनर्बीमा व्यवसायको आधा हिस्सा हिमालयन रिलाई दिने निर्णय भएको बीमा समितिले बताएको छ । सरकारले नेपाल पुनर्बीमा कम्पनीमा सबै बीमा कम्पनीहरूले प्रत्यक्ष हिस्साको २० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य गर्नुपर्ने… पुरा पढौ