मुख्य समाचार

मूल्यबृद्धि खारेज नगरे कडा कदम चाल्न वाध्य हुने संयुक्त विद्यार्थी संगठनकाे चेतावनी

काठमाडौं, १ जेठ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिलाई तत्काल फिर्ता लिन माग गर्दै आh काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले शनिवार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको थियो । यसैको विरोधमा संयुक्त विद्यार्थी संगठनरुले जुलुससहित नेपाल आयल निगममा गएर तत्काल मूल्यबृद्धि फिर्ता गर्न माग गरे । पटक पटक गर्दै आएको मूल्यबृद्धिले हामीलाई निकै असर गरेको छ । मूल्य बृद्धि गरेको गर्र्यै गर्ने निगमको निर्णय हामीलाई मान्य छैन, आयल निगममा विरोध प्रदर्शन… पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदी भोलि लुम्बिनी आउँदैं

लुम्बिनी, १ जेठ  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीकाे औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउने भएका छन । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहेकाे बताइएकाे छ । प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद… पुरा पढौ

मतदान सकेर यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी

मनाङ, १ जेठ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडिबुडी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदानकार्य सकेर खर्क पुगिसकेका हुन् । उनीहरु आजदेखिनै यार्सागुम्बा संकलनमा आफुलाई व्यस्त बनाएका छन् । मतदान सकिएको भोलिपल्टै मनाङवासी खर्कतर्फ लागेका हुन्… पुरा पढौ

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृत

काठमाडौं, १ जेठ । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ । भारत सरकारले प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति दिएको छ । न्यू… पुरा पढौ

४० वर्षमा सम्पन्न हुदैं लुम्बिनी गुरुयोजना , यी हुन् जोड्नैपर्ने ७ बौद्ध गन्तव्य

रुपन्देही, १ जेठ । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अन्तिम चरणमा पुगेकाे छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदैछ । टाँगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना कोरेका थिए । त्यसलाई १५ वर्षभित्र दुई चरणमा पूरा गर्ने लक्ष्य राखिए पनि सरकारी बेवास्ताका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन । ढिलै भए पनि गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी संसारका घुम्नलायक थोरै गन्तव्य मध्येको… पुरा पढौ

यस्तो छ एमाले र कांग्रेसबीचको टक्कर

काठमाडौं, १ जेठ । देशभरको चुनावि नतिजालाई हेर्ने हो भने नेकपा एमाले तथा नेपाली कांग्रेसबीच टक्कर देखिएकाे छ ।उनीहरू बराबरी जितको हैसियतमा देखिएका छन् । नेकपा एमालेले हालसम्म ८ स्थानको प्रमुखमा जित, ७ स्थान उपप्रमुखमा जित हाँसिल गरेको छ । १७६ स्थानमा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसले ८ प्रमुखमा जित, ७ उपप्रमुखमा जित निकालेको छ भने २२६ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले ३ स्थानमा प्रमुख र ३ स्थानमा उपप्रमुख जितेको छ । माओवादी १०० स्थानमा अगाडी… पुरा पढौ

शैक्षिक-सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन नेपाल र भारतबीच पाँचवटा समझदारी हुँदै

लुम्बिनी, १ जेठ । नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भोलि सोमबार पाँचवटा समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर गर्न लागेको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर), त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र… पुरा पढौ

स्थगित भएका ८५ केन्द्र मध्ये १९ मतदानकेन्द्रमा निर्वाचनको नयाँ मिति तोकियो

काठमाडौं, १ जेठ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ । स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ । तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५… पुरा पढौ

काठमाडौं महानगरमा बालेन र पोखरामा धनराजको अग्रता

काठमाडौं, १ जेठ । स्थानिय तहको निर्वाचनमा विशेष गरी काठमाडौंपछि सबैभन्दा ठूलो महानगरपालिका पोखरा महानगरपालिकामा मत परिणाम कस्तो आउला भनेर सर्वत्र चासो बढेको पाइएकाे छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह शुरुबाटै अग्रतामा रहेका छन् । बिहान ७ वजेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार बालेनले १५७५ मतले अग्रता लिएका हुन् । प्रतिष्पर्धी एमालेबाट केशव स्थापितले ९८५ मतपाएका छन्। उपमेयरमा एमालेकी सुनिता डंगोल १७४३ मतका साथ अगाडी छन् । एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् । पोखरा महानगरपालिकाको मत परिणाम… पुरा पढौ

प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा वर्षाको सम्भावना

काठमाडाैंं, १ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपासमा रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको जनाएकाे छ । प्रदेश नं १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही  बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ र मधेश प्रदेशका  एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ। जेठ १ गते (आइतवार) दिउँसो : प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश  र अन्य प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश,  गण्डकी  प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ… पुरा पढौ