मुख्य समाचार

बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिकामा मत मतगणना सुरु

काभ्रे, ३१ वैशाख । शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा कूल मतदातामध्ये ६५ प्रतिशतले मत खसेको छ भने महाभारत गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ । त्यस्तै कोसीपारिस्थित चौँरी देउराली गाउँपालिकामा ६० दशमलव ०८ प्रतिशत र भुम्लु गाउँपालिकामा ७० दशमलव २९ प्रतिशत मत खसेको छ । त्यस्तै तेमाल गाउँपालिकामा ६८ दशमलव ७२… पुरा पढौ

मुस्ताङको लोघेकर दामोदरकुण्डमा विष्ट विजयी

म्याग्दी, ३१ वैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन्। नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बताए । उनका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाइन। कांग्रेस… पुरा पढौ

यसरी हुँदैछ काठमाडौं महानगरपालिकाको मतगणना

काठमाडौं, ३१ वैशाख । महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए। सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उनले जानकारी दिए। सुरुमा वडा नं १ र ३२ को मत गणना… पुरा पढौ

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी हुँदै

पाेखरा, ३१ वैशाख । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७.३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उनले बताए। सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको… पुरा पढौ

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

मनाङ, ३१ वैशाख । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भए । उनले १५८ मत पाएर निर्वाचित भए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाए । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो । त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले… पुरा पढौ

प्रदेश १, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा

काठमाडाैं, ३१ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। वैशाख ३१ गते (शनिवार) दिउँसो : प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा… पुरा पढौ

शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न : आयोग

काठमाडाैं, ३० बैशाख । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताए। उनले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले… पुरा पढौ

निर्वाचनमा निजी क्षेत्रकाे उत्साह: उद्योगी, व्यवसायी, बैंकरहरुले गरे सक्रियताका साथ मतदान

काठमाडाैं, ३० बैशाख । लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजका सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् । देशभर आज स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचनमा सक्रिय सहभागिता जनाउनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग प्रतिष्ठानमा बिदा नै दिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको थियो । संविधान घोषणापछि दोस्रो पटक भएको याे निर्वाचनमा… पुरा पढौ

देशभर मतदान भइरहेकाे बेला विमानस्थलमा भेटिएका मानसिंहहरु…

काठमाडौं, ३० वैशाख । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिएद काठमाडौ बनस्थलिका मानसिंह विष्ट । यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उनले रोक्न पनि सक्दैनन् । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म गइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए । “विमानस्थल आउने… पुरा पढौ

केही छिटफुट घटनाबाहेक स्थानीय निर्वाचन उत्साहप्रद रूपमा सम्पन्न

काठमाडौँ, ३० वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् । केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्काे दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो । यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न… पुरा पढौ