मुख्य समाचार

बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालय, बिहीबारदेखि १५ मन्त्रालयसँग छलफलको कार्यसूची

काठमाडौं, ८ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । आगामी १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले आजदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका तय गरेको छ । यही वैशाख १३ सम्मका लागि बनाइएको कार्यतालिकाको आजदेखि कार्यान्वयन सुरु गरिएको छ । आज बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो १ बजे खानेपानी मन्त्रालय र दिउँसो ४ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरिएको अर्थमन्त्री जनार्दन… पुरा पढौ

अन्तिम दिन सेयर बजार सकारात्मक लयमा, कारोबारमा आज पनि नेष्डो अब्बल

काठमाडौं, ८ वैशाख । अघिल्लो दिन नकारात्मक लयमा गएको सेयर बजार साताको अन्तिम कारोर हुने दिन सकारात्मक लयमा देखिएको छ । केहि समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको टसलले वजार प्रभावित भएको थियो । विदेशबाट आएको ठूलो रकमलाई केरकार र सोधिखोजि गर्न थालेपनि अधिकारीलाई निलम्बन गरिएको थियो । अधिकारी कानूनी उपचारको लागि अदालत गएपछि अदालतले उनलाई बुधबारबाट काममा फर्काएको थियाे । सो दिन सेयर बजार राताम्मै भएको भएपनि यसदिन भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका… पुरा पढौ

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

काठमाडाैं, ८ वैशाख । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर चर्चामा मात्रै सीमित हुँदै आए पनि विद्युतीय सवारीसाधनको उत्पादन र त्यसलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर देखाएको छ । नास्टले नमूनाका रूपमा तयार पारेको सो स्कुटर नेपालको बाटो र माटो… पुरा पढौ

शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा

भक्तपुर, ८ वैशाख । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र,… पुरा पढौ

व्यावसायिक बङ्गरपालनमा रमाउँदै आम्दानी गर्दै शालिकराम

देउखुरी, ८ वैशाख । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जमेका छन् । कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनी घर फर्किएका थिए । घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौधौ भयाे । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुरपालन सुरु गरे । उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरे । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य भए । केही गर्नुपर्छ भन्ने मनसायले उनले घर छेउमा सानो खोर बनाए। “दुईवटा… पुरा पढौ

ग्लोबल आइएमई बन्याे बढी नाफा आर्जन गर्ने पहिलो बैंक

काठमाडौं, ८ वैशाख । ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउने बै‌क बन्न सफल भएको छ । संचालानमा रहेका २७ वाणिज्य बैंकहरुमध्येमा ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा आर्जन गर्न सक्षम भएको हो । बैंकको सार्वजनिक भएको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले बैंकले बढी नाफा कमाएको देखिएकाे छ। यस आर्थिक वर्षको चैत अन्तिमसम्म बैंकले ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ४.१३ प्रतिशतले बढि हो… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा, अन्तर्राष्ट्रिय उडान जेठ २ गतेदेखि हुने

काठमाडौं, ८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए। उनले भने, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा… पुरा पढौ

आरएसडिसी लघुवित्तको नाफामा २४.६५ प्रतिशतले बृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, ८ वैशाख । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा खुद नामामा बृद्धि गरेको जनाएकाे छ । संस्थाको सार्वजनिक भएको यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवण अनुसार लघुवित्तको नाफामा बृद्धि भएको देखिएको हो । लघुवित्तको नाफा २४.६५ प्रतिशतले बढेर ९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोहि समयमा यो नाफा ७ करोड ५६ लाख रहेको थियो । संस्थाका अनुसार खुद ब्याज आम्दानी र संचालन नाफामा भएको बृद्धिसंगै खुद नाफा पनि बढेको… पुरा पढौ

ट्राफिक प्रहरीले गर्याे नियम उल्लङ्घन गर्नेबाट ३९ लाख राजस्व सङ्कलन

खोटाङ, ८ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो । विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो । साउनमा रु दुई लाख ६३ हजार, भदौमा रु चार लाख ४४ हजार, असोजमा रु चार लाख सात हजार, कात्तिकमा रु ६ लाख ५३… पुरा पढौ

कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

कर्णाली, ८ वैशाख । कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए। छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए। कोरोना खोप अभियानलाई तीव्रता दिनुका… पुरा पढौ