मुख्य समाचार

आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको पाइएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा रुपैया ६०० ले बढेको छ । चाँदी तोलामा रुपैयाँ ५ ले बृद्धि भएको छ । यसअघि शुक्रबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनमा रुपैयाँ ६०० ले बढेर तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन… पुरा पढौ

आज विश्व गधा दिवस मनाइँदै, उपचार, हेरचाह र बासस्थान बारे सचेतना जगाउन आवश्यक

काठमाडौं, २५ वैशाख । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् । गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना… पुरा पढौ

पहिरोका कारण अवरुद्ध सडक खुल्यो

चितवन, २५ वैशाख । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक-एकवटा जेसिभी प्रयोग गरिएको थियो । पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । पुरा पढौ

आचारसंहिता पालना गराैं, उम्मेदवारी रद्ध हुन सक्छ : आयोग(पूर्णपाठ)

काठमाडाैं, २५ वैशाख । वैशाख ३० गते स्थानिय तहकाे निर्वाचन हुन लागेकाे छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा आचार संहितालाइ कडाइकासाथ लागू गर्न भनेकाे छ । आचार संहितालाइ पालना नगिर चुनावि प्रचारमा गए गम्भिर प्रकृतिका असर पर्ने खालका गितविधि गरे आयोगले उम्मेदवारी रद्ध गर्न सक्ने भएकाेले सचेत हुन आयोगले अनुराेध गरेकाे छ । दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह गरेको छ । त्यसरी झण्डा प्रयोग गरेको भनी… पुरा पढौ

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षा

काठमाडाैं, २५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।  हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ का तराई भू-भागका  एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ। वैशाख २५ गते (आइतबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा  आंशिक देखि सामान्य… पुरा पढौ

मतपत्रमा कालो, रातो, नीलो वा हरियो मसीको कलमले हस्ताक्षर गर्न सकिने

काठमाडौं, २५ । वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको छ । आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले सही गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । पुरा पढौ

यस्ताे छ निर्वाचनमा नेपाल टेलिकमको अफर, जेठ ४ गतेसम्म उपलब्ध हुने

काठमाडौं, २५ वैशाख । नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ । उक्त अफर यही वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ । “टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस… पुरा पढौ

उद्योग व्यवसाय गर्ने वातावरण बनाउनेहरू मात्र नेतृत्वमा आउनुपर्छ-साँवा लिम्बू

काठमाडौं, २४ वैशाख । राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवा लिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताएका छन् । महासङ्घको स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले मुलुकको शान्ति र स्थायित्वका लागि स्थानीय तहदेखि नै वातावरण बनाउनुपर्ने बताए। यही वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने नेतृत्वले उद्योग व्यवसायका लागि स्थानीय तहबाटै उचित वातावरण बनाउन सक्ने कार्यसूची भएको पार्टीलाई मतदान गर्नुपर्ने उनको भनाइ थियो । तत्कालीन नेकपा (एमाले)… पुरा पढौ

सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : राष्ट्रपति भण्डारी

काठमाडौं, २४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएकि छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेवी सरकार लोकतन्त्रका अपरिहार्यतत्व भएको बताइन। राष्ट्रपति भण्डारीले भनिन्, “नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रुपमा सुनिश्चित गरेको छ, यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै… पुरा पढौ

कसैको पक्ष वा विपक्षमा लाइक, शेयर र कमेन्ट पनि गर्नुहुँदैन

काठमाडाैं, २४ वैशाख । सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्नुहुँदैन । निर्वाचन आयोगले यही वैशाख ३० गते हुुने स्थानीय तहको निर्वाचनका लागि हालै सार्वजनिक गरेको आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणबारेमा उल्लेख छ । सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको… पुरा पढौ