मुख्य समाचार

खेर जाने ५०० मेगावाट बिजुलीको बजार खोज्दै प्राधिकरण

काठमाडाैं, २३ वैशाख । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ । त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् । नेपालको कूल जडित क्षमता दुई हजार २०० मेगावाटको हाराहारीमा पुगेको छ । यस्तै, नेपालभित्र कूल खपत झण्डै एक हजार ६००… पुरा पढौ

अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर बजेट बनाइदै

काठमाडाैं, २३ वैशाख । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जङ्गल, खानी, कृषिलगायत प्राकृतिक स्रोतको अधिकतम उपयोग, निर्यात प्रवद्र्धन व्यवस्थापन एवं प्रतिस्थापन, गुणस्तरीय पर्यटन सेवा विस्तार र विद्युत् ऊर्जाको विकासलाई प्रमुख प्राथमिकतामा राखेर अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ । बजेट महाशाखाका एक अधिकारीका अनुसार निरपेक्ष र बहुआयामिक गरिबीको अवस्थाबाट देशलाई मुक्त गर्दै मध्यम… पुरा पढौ

कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन

सुर्खेत, २३ वैशाख । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु ४८ लाख राजस्व सङ्कलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व सङ्कलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए । विसं २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाह्य पर्यटक आएका थिए । उनीहरुबाट रु २१ लाख ७१ हजार राजस्व सङ्कलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन,… पुरा पढौ

घट्यो सुनचाँदी दुबैको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा रुपैयाँ ६०० तथा चाँदी तोलामा रुपैयाँ २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ तोकिएको छ ।यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहिबार तेजाबी सुन तोलाको ९८ हजार १०० रुपैयाँ… पुरा पढौ

नाफासंगै घट्यो सबैको लघुवित्तको प्रतिसेयर आम्दानी

काठमाडौं, २३ वैशाख । सबैको लघुवित्त वित्तीय संस्थाको यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । संस्थालाई अघिल्लो आर्थिक वर्षको सोहि अवधिकोभन्दा यस आर्थिक वर्षको नाफामा कमि भएको छ । यस आर्थिक वर्षको चैतको अन्तिमसम्म संस्थाको खुद नाफा ७ करोड १५ लाख रहेको छ । गएको वर्षका सोहि अवधिमा लघुवित्तको खुद नाफा ७ करोड ९२ लाख रहेको थियो । जो अघिल्लो पटककोभन्दा ९.७५ प्रतिशतले घटेको हो । खराब कर्जा उठाएको कारण संस्थाको नाफामा कमि भएको हो… पुरा पढौ

सौर्य मिनी ग्रिड निर्माणका लागि ग्लोबल आइएमई बैंक र बैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सम्झौता

काठमाडौं, २३ वैशाख । ग्लोबल आइएमई बैंक तथा बैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सौर्य मिनी ग्रिड परियोजनाका लागि सम्झौता सम्पन्न भएको छ । नेपाल सरकार तथा बैकल्पिक उर्जा केन्द्रबीच मिनी ग्रिड परियोजनाका लागि सहायक ऋण सम्झौता अनुसार योजना कार्यान्वयनमा लैजान केन्द्रले बैंकलाई रकम उपलव्ध गराउने भएको छ । सो रकमलाई ग्लोबल आइएमई बैंकबाट १०० पधउ सौर्य मिनी ग्रिड अन्तर्गत निर्माण, जडान र विजुली वितरणका लागि ऋण दिईने भएको हो । ऋण सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य… पुरा पढौ

बागमती र गण्डकी प्रदेशकाे पहाडी भागमा मेघ गर्जन चट्याङ्गसहित वर्षा

काठमाडाैं, २३ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणालीकाे  प्रभाव रहेको बताएकाे छ। हाल प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै बाकी प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ। वैशाख २३ गते (शुक्रबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी… पुरा पढौ

जग्गा प्राप्ति नहुँदा प्रदेश गौरवका योजनामा अवरोध : मुख्यमन्त्री पोखरेल

पाेखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका योजनाका लागि जग्गा प्राप्ति नहुँदा योजनामा अवरोध भएको बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयले पोखरामा आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले सङ्घ सरकारले अहिले पनि जग्गा उपलब्ध गराउन नसकेकाले धेरै विकासका योजनाहरु प्रभावित भएको उल्लेख गरे । उनले भने, “सरकारसँग जग्गा प्राप्तिका लागि माग गरेको लामो समयसम्म पनि प्राप्त नहुँदा विकासमा अवरोध उत्पन्न भएको छ । सरकार परिवर्तन भए पनि नीति नियम अझै परिवर्तन हुन नसक्दा सोचेअनुसार विकास गर्न सकिएन… पुरा पढौ

नेपाल-भारत सीमासुरक्षा बैठक सम्पन्न, निर्वाचन अघि ७२ घण्टा सीमा बन्द गरिने

विराटनगर, २३ वैशाख । मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत नेपालीरिका होटलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक सम्पन्न भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थिति थियो । यही वैशाख ३० गते नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा भएको बैठकमा निर्वाचन अघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा… पुरा पढौ

नेपाली जनताको आशाको केन्द्र एमाले हो : ओली

धनगढी, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् । कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे। विकास र समृद्धिका कुरामा बढी समय खर्चिएका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताए। आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरे । पुरा पढौ