मुख्य समाचार

राष्ट्रपति भण्डारीबाट सीता जयन्तीकाे अवसरमा शुभकामना

काठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । आज राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना दिएकी हुन् । प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । माता… पुरा पढौ

परमादेश र झाडिबाट आएकाले देश बनाउने सपनालाई रोक्न सक्दैनन् : अध्यक्ष ओली

पोखरा, २६ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानिय तहको वैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेले देशभर सानदार नतिजा निकाल्ने दावि गरेका छन् । उनले गठबन्धन परमादेश, झाडिबाट वा कहाँबाट कस्ले फालेर आएको हो एमालेको देश बनाउने सपनालाई रोक्न नसक्ने बताए । जहाँजहाँ जान्छु त्यहाँ त्यहाँका जनताको उपस्थितिले एमालेलाई जिताईसकेको आभाष दिलाएका छन् । अध्यक्ष ओलीले भने, पोखरा महानगरपालिकामा पनि यहि देखिएको छ । हाम्रो विजय भईसकेको छ, वैशाख ३० गतेको मिति त कर्मकाण्ड मात्रै हो त्याे आउन बाँकी… पुरा पढौ

‘सिटीसी मल’ लिलामी गर्न कोषले निकाल्यो सूचना

काठमाडौं, २६ वैशाख । कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले कोषको ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको पाइएको छ । काठमाडौं महानगरपालिका ११ सुन्धारामा रहेको छ रोपनी जग्गामा निर्माण भएको ८२ हजार ९५… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, लगानीकर्ताको मनोबल बढ्दै

काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि सेयर बजार सकारात्मक बनेको छ । यसरी लगातार दोश्रो दिन पनि सेयर बजार उकालोतिर लागेपछि लगानीकर्ताहरुको मनोवल बढ्न थालेको छ । सूचकहरुमा छिटपुट रातो लागेपनि हरियो लाग्नेहरुको पनि कमि भएको छैन । यसदिन चारवटा उपसमूहले गुमाएका छन् भने ९ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.२७ अंकले बढेको छ । यसरी बढेको नेप्से २२६८.८४ विन्दुमा उक्लिएको छ… पुरा पढौ

बजेट अधिवेशन आह्वान, कर्मचारीको तलब बढ्ने, आयकर सीमामा पनि हेरफेरको तयारी

काठमाडौं, २६ वैशाख । आगामी ३ जेठका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी अधिवेशन आह्वान गरेकी हुन् । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै सरकारले आगामी ३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो । वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको… पुरा पढौ

बोण्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टहरूको माग, आगामी बजेटलाई दिए यस्ता सुझाव

काठमाडौं, २६ वैशाख । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोण्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बिमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैंले वा बीमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको १० वर्षे ४ प्रतिशत कोरोना बोण्ड जारी गर्नु उपयुक्त हुने जनाएको छ । उक्त बोण्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरूले कायम गर्नुपर्ने वैधानिक… पुरा पढौ

चैत मसान्तसम्म दर्ता भए २३२ वटा उद्योग

काठमाडौं, २६ वैशाख । चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला,… पुरा पढौ

न्यायपालिकाका विकृति विसङ्गतीलाई नियन्त्रण गर्नेछु : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं, २६ वैशाख । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताएका छन् । कानुन दिवस २०७९को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक छ भने । उनले कानुन दिवसले मुलुकमा कानुनको शासनप्रतिको प्रतिबद्धता एवम् पालनामा सम्बन्धित सबैलाई थप… पुरा पढौ

चिलिमे जलविद्युतकाे विद्युत बिक्री र नाफा उस्तै देखियो

काठमाडौं, २६ वैशाख । चिलिमे जलविद्युत कम्पनीको विजुली बिक्री आम्दानी तथा खुद नाफामा खासै उतारचढाव देखिएको छैन । कम्पनीको सार्वजनिक गरिएको यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार विजुली बिक्री आम्दानी र खुद नाफामा सराबरी जस्तो देखिएको छ । कम्पनीले यस आर्थिक वर्षको चैत मसान्त्सम्म ५२ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जो गएको वर्षको सोहि अवधिकोभन्दा १.२४ बढि हो । गएको वर्ष यो नाफा सोहि अवधिमा ५१ करोड ५६ लाख रुपैयाँ रहेको थियो । विजुली… पुरा पढौ

एमाले अध्यक्ष ओलीले आज पोखरामा बृहत् चुनावी सभालाई संवोधन गर्ने

काठमाडौं, २६ बैशाख । बर्तमान राजनीतिकाे शिखरमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनलाई केन्द्रीत गरि आज पोखरामा आयाेजना गरिएकाे बृहत् चुनाबी सभालाई संवोधन गर्ने भएका छन् । एमालेको चुनावी आमसभालाई संवोधन गर्न ओली चितवनपछि पोखरा जान लागेका हुन् । पाँच गठबन्धन दलहरुले पोखरामा चुनावी सभा सम्पन्न गरेको भोलिपल्ट आज सोमबार उनले पोखरामा संवोधन गर्न लागेका हुन् । अघिल्लाे दिन उनले चितवनमा गरिएकाे सभामा संवोधन गरेका थिए । उनले के बोल्छन् ? चुनावी… पुरा पढौ