काठमाडौं, २२ वैशाख । मुलुकका सातै प्रदेशमा नेपाली परम्परागत मौलिक खानालाई प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सेफ एशोसिएशन अफ नेपालको २८औँ वार्षिकोत्सव एवं राष्ट्रिय सेफ दिवसका अवसरमा बिहिबार आयोजित कार्यक्रममा एशोसिएशनका अध्यक्ष श्याम लामाले सातै प्रदेशमा यो कार्यक्रम गर्नुपर्नेमा जोड दिए। उनले नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन साना होटलदेखि तारे होटलसम्म नेपाली खानाको मेनु राख्नुपर्ने बताएका छन । “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर अगाडि बढ्नुपर्छ”, अध्यक्ष लामाले भने ।…
पुरा पढौ