मुख्य समाचार

वैशाख ३० गते मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

काठमाडौं, २२ वैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ । मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो । मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बताए। उनका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर… पुरा पढौ

मुख्यमन्त्री भट्टलाई आयोगले साेध्याे २४ घण्टे स्पष्टीकरण

काठमाडाैं, २२ वैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । आयोगले भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। यसैगरी आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ । पुरा पढौ

वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंककाे साढे १८ अर्ब बराबरकाे ऋण सहयाेग

काठमाडौं, २१ वैशाख । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब ३६ करोड )को बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण शीर्षकको सो ऋण सहयोग वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन उपलब्ध गराइएको हो । द्विपक्षीय सम्झौतामा अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल, र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे । अर्थसचिव… पुरा पढौ

निर्यात प्रवर्धन र विदेशी मुद्रा आर्जनमा सरकारको नीति नै कमजोर रहेकाे निजी क्षेत्रकाे भनाई

काठमाडौँ, २१ वैशाख । नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले औल्याएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले बुधबार राजधानीमा आयोजना गरेको विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगहरुको भूमिका विषयक नाफिज संवादमा सहभागी निजी क्षेत्र र पूर्व सरकारी अधिकारीहरु समेतले स्वदेशी उत्पादन प्रवर्दन र निर्यातका लागि ठोस नीतिगत व्यवस्था अभाव र सामयिक सकृयताको अभाव रहेको सहभागीले औल्याएका छन् । कार्यपत्र प्रस्तुत गर्दै नेपाल तयारी पोसाक उद्योग संघका महासचिव असोक कुमार अग्रवालले नेपालमा… पुरा पढौ

कोभिडपछि ब्यूतेको अर्थतन्त्रमा किन थपिदैछ चुनौती ?

काठमाडौं, २१ वैशाख । विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पा¥यो । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ । रुस–युक्रेन द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । चालु आवमा पेट्रोलियम पदार्थको खरिदबाट मात्रै करिब रु चार खर्ब विदेशिने अनुमान छ । त्यस्तै चालु आवको नौ महिनाको अवधिमा रु तीन खर्ब बराबरको… पुरा पढौ

रोकिएन सेयर बजारको ओरालो यात्रा, अरुण भ्याली हाइड्रोपावर कारोबारमा अब्बल

काठमाडौं, २१ वैशाख । सेयर बजार निन्तर ओरालोतिरको यात्रामा गएको छ । कहिले उकालोको यात्रामा फर्किने हो अहिले यसको संकेत देखिएको छैन । लगानीकर्ताहरुले सेयर बजारको माहौल कहिले सकारात्मक होला भनेर पर्खिएको पनि लामो समय भईसकेको छ । सेयरकाे कारोबार हुने चौथौ दिन बुधबार सेयर बजारले सकारात्मक लय पछ्याएन । स्थानिय तहको निर्वाचनको परिवेशमा सकारात्मक लयमा फर्किएला कि भन्ने लगानीकर्ताको अपेक्षा राताम्मै भएको सेयर बजारको कारण पूरा हुन सकेन भने उनीहरुकाे मनाेवल घटाएकाे छ । ऋणात्मक यात्रामा गएको सेयर बजारमा… पुरा पढौ

नेपाली प्राध्यापक राजीब झा ले पाए सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप’ अवार्ड

काठमाडौं, २१ वैशाख । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो । साङ्सी सरकारको सबैभन्दा ठूलो सो अवार्ड प्राप्त गर्नेमा नेपालका झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स् र सर्वियाका व्यक्तित्व रहेका छन् । उक्त प्रान्तमा रहेर चीनको आर्थिक,… पुरा पढौ

नयाँ बजेटमा उद्योग परिसंघको सुझाव : अबको दशकलाई स्वदेशी दशकको रूपमा मनाऔँ

cni
काठमाडौं, २१ वैशाख । नेपाल उद्योग परिसंघले बिक्रम संवत् २०७९–२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा कार्यान्वयन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।  आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट एवं आर्थिक नीतिमा सुझाव प्रस्तुत गर्दै परिसंघले उच्च आर्थिक वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनामा ठूलो परिवर्तन गर्न सक्ने गरी नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ ।  परिसंघको तर्फबाट सुझाव प्रस्तुत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली अर्थतन्त्रमा रहेका केही समस्यालाई मुख्य रूपमा सम्बोधन गर्न सरकारसमक्ष आग्रह… पुरा पढौ

९ महिनामा सरकारले उठायो झण्डै साढे २ खर्ब ऋण

काठमाडौं, २१ वैशाख । सरकारले चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्ममा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको अर्थ मन्त्रालयले जनाएको हो । यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको मन्त्रालयले उल्लेख गरेको छ ।सरकारले यस आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य र दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक गरेर पाँच खर्ब… पुरा पढौ

वायुसेवा निगमको वित्तीय सुधार, चालु आर्थिक वर्षकाे ८ महिनामा ८ अर्ब ३९ करोड आम्दानी

काठमाडौं, २१ वैशाख । आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगको वित्तीय पक्ष सुदृढ हुँदै गएको दाबी गरे । पछिल्लो सयम निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको… पुरा पढौ