मुख्य समाचार

उद्योगहरूमा विद्युतको सहज आपूर्ति, आजदेखि भनिएको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं, २१ वैशाख । विगत केही दिनदेखि औद्योगिक क्षेत्रमा लगातार विद्युत् अवरुद्ध भएपछि मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आन्दोलन चेतावनी दिएपछि विद्युत् प्राधिकरण सहमतिमा आएको छ । दुई सङ्गठनले मङ्गलबारसम्म पनि लोडसेडिङबारे कुनै समाधान नआए बुधबारदेखि चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या समाधान गरेका हुन् । घिसिङले निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्रतिबद्धता जनाउँदै मंगलवारदेखि नै विद्युत् प्रसारण समेत सुचारु गराएका… पुरा पढौ

वर्षौंदेखि बढिरहेको गरिबीकाे पनि अडिट गराैं : अर्थमन्त्री शर्मा

काठमाडौं, २१ वैशाख । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणमा लागि मर्यादित र व्यवसायीक लेखा परिक्षण हुनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखा जोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक विमुख हुन नहुने बताए । कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परिक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परीक्षकहरूलाई ध्यान दिन उनले आग्रह गरे । ‘जोड गर्नुपर्ने… पुरा पढौ

अर्थतन्त्र सही दिशामा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता : डा खतिवडा

काठमाडाैं, २१ वैशाख । निर्यात प्रबर्द्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृ संस्था युथ चेम्बरले आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान’ विषयक कार्यक्रमका सहभागीहरुले निर्यात प्रबर्द्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र सही दिशामा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए। उनले आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र बैंकबीच प्रभावकारी… पुरा पढौ

कर्णाली प्रदेश सरकारले थप ८ दिन सार्वजनिक बिदा दिने

कर्णाली, २१ वैशाख । कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप ८ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा… पुरा पढौ

पहाड र तराईका बिभिन्न स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, २१ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावका कारण  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताएको छ । वैशाख २१ गते (बुधबार) दिउँसो : देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका केही र तराई भू-भागका एक-दुई  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा… पुरा पढौ

सेफ पेशामा अष्ट्रेलिया जान चाहने युवाहरुको पहिलो रोजाई कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज

पोखरा, २० बैशाख। पाेखराकाे कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले कुलिनरी सोलुसन अष्ट्रेलिया इन्टरनेशनलबाट सम्बन्धन लिई विगत ६ वर्षदेखि होटल म्यानेजमेन्ट र कुलिनरी आर्टस विषयमा अध्ययन,अध्यापन गराइरहेको छ । कलेजले दिएकाे जानकारी अनुसार १०ं+२ देखि स्नातक गरिसकेका विद्यार्थीले यो कोर्ष अध्ययन गर्न सक्नेछन् । कलेजले लिने लिखित परिक्षा सामान्य ज्ञान, अंग्रेजी भाषा , मौखिक प्रश्न र मेडिकल पास भइसकेका विद्यार्थीले मात्र याे काेर्षका लागी भर्ना पाउनेछन् । वर्षमा ३ वटा इन्टेक हुने भएकाले विद्यार्थी १०ं+२ दिएर वा व्याचलर लेवल पढ्दै… पुरा पढौ

आँधिखोला लघुवित्तको नाफा १९.८६ प्रतिशतले बढ्यो

काठमाडाैं,२० बैशाख । स्याङजाकाे भिरकाेट नगरपालिका स्थित बयरघारीमा केन्द्रीय कार्यालय रहेकाे आँधिखोला लघुवित्त वित्तीय संस्थाकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा बढेको देखिएकाे छ। संस्थाले आज प्रकाशित गरेकाे बितिय बिबरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ९० लाख रुपैयाँ… पुरा पढौ

मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौं, २० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक सङ्घले तयार गरेको आचारसंहिता जारी गर्न आयोजित कार्यक्रममा उनले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासनसत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक सञ्चार प्रवाह गर्ने सही मञ्च भएको बताए । प्रमुख… पुरा पढौ

जाग्दै पर्यटन : एक महिनामा ५८ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, २० वैशाख । पछिल्लो एक महिनामा नेपालमा ५८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भत्रिएका छन् । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागसँगको सहकार्यमा सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा ५८ हजार ३४८ विदेशी पर्यटक त्रिभुवन विमानस्थल नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसपालि अप्रिलको पर्यटक आगमन पोहोर अप्रिलको तुलनामा १५९ दशमलव ९ प्रतिशतले बढी हो । पोहोर अप्रिलमा २२ हजार ४५० पर्यटक आएका थिए । गतवर्ष अप्रिल अन्तिम साता कोरोना महामारीको दोस्रो लहर शुरू हुन थालेको थियो । मेको पहिलो साता… पुरा पढौ

राजश्व छली विरुद्धको अनुसन्धान तीव्र : १९ करोड ३४ लाख माग दाबी सहित २ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २० वैशाख । राजश्व अनुसन्धान विभागले राजश्व छली गर्नेहरूविरुद्धको अनुसन्धानलाई तिव्रता दिएको छ । सोमवार विभागले नक्कली भ्याट बनाएर राजश्व छल्ने २ फर्मका सञ्चालकहरू विरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ । भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमवार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूले गलत तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट)… पुरा पढौ