मुख्य समाचार

नेपाल उद्योग परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्व सीईओ जोशी नियुक्त

काठमाडौं, २० वैशाख । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्। परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको बताउँदै महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे। नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए। नेपाल पर्यटन… पुरा पढौ

मोबाइल वालेटमा भएको रकम बैंक खातामा ट्रान्सफर गर्न नपाइने, राष्ट्र बैंकले गर्‍यो यस्तो व्यवस्था

काठमाडौं, २० वैशाख । अब मोबाइल वालेटमा लोड गरेको रकम बैंक खातामा ट्रान्सफर गर्न नपाइने भएको छ । यस्तै एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकद्वारा परिपत्रमा भनिएको छ, ‘अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ ।… पुरा पढौ

ईद पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षणमा टेवा पुग्नेछ : राष्ट्रपति भण्डारी

काठमाडाैं, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गरेकी छन् । उनले पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र… पुरा पढौ

सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान : प्रधानमन्त्री देउवा

काठमाडाैं, २० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताए । प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको… पुरा पढौ

राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान-मुख्यमन्त्री पोखरेल

पाेखरा, २० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् । मुस्लिम समुदायको पर्व इद (इदुल फित्र)काे उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो… पुरा पढौ

ऊर्जा मन्त्री भुसालले उद्योगीलाई भनिन् : अहिलेको समस्या क्षणिक हो, भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ  

काठमाडौँ, १९ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन । मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गरेकी हुन । सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन । “विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो… पुरा पढौ

रिभर फल्स पावरले गर्याे आयोजना प्रभावितलाई जारी गरेको आइपिओकाे बाँडफाँड

काठमाडौं, १९ बैशाख । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी गरेको प्राथमिक शेयर बाँडाफाँड गरेको छ । रिभर फल्स पावर लिमिटेडले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेको थियाे । विभिन्न कारणबाट निवेदन पुरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको ७ हजार ५ सय ८५ जना आवेदकहरुबाट… पुरा पढौ

गृहमन्त्री खाणले गरे निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौँ, १९ वैशाख। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । बैठकमा यही वैशाख ३० मा हुन लागेको निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समीक्षा र आगामी योजनाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकमा निर्वाचनको प्रचारप्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै त्यस्ता घटना हुन नदिनका लागि गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिइएको छ । बैठकमा मन्त्री खाणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंसायोग्य रहेको भन्दै… पुरा पढौ

निरन्तर ओरालोतिर सेयरबजार, अरुण भ्यालीले गर्यो ४ करोड ७३ लाख बढिको कारोबार

काठमाडौं, १९ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन पनि सेयर बजार ओरालो लागेको छ । यसदिन सेयर बजार करिब आधा घटेको छ । सेयर बजारमा ४८.७३ अंकको गिरावट भएको छ । नेपाला स्टक एक्सचेन्जका अनुसार राताम्मै भएको नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झरेको छ । नेप्सेमा २.०७ प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ८.४५ अंकले घटेर ४४१.७९ विन्दुमा रहेको छ । कुल २८८ वटा कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३९ लाख ७८ हजार ७९ कित्ता… पुरा पढौ

नवनियुक्त दुई महानिरीक्षकद्वारा नीति, पद्दति र सिद्धान्तमा रहेर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्च पदमा पदोन्नति गर्ने सरकारको आइतबारको निर्णयसँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दज्र्यानी चिह्न प्राप्त गरी आजैदेखि कार्यभार सम्हालेका छन् । दर्जाप्राप्त गरेकै दिन आज सीमा तथा अन्य विविधअपराध नियन्त्रण गरी मुलुकको शान्ति सुरक्षा तथा नागरिकलाई अमनचयनको वातावरण सिर्जना गर्ने जिम्मेवारी प्राप्त दुई संस्थाको नेतृत्व लिन सफल महानिरीक्षकद्वयले सङ्गठनलाई व्यक्ति भन्दा नीति, पद्दति र सिद्धान्तबाट निर्देशित रहेर अघि बढाउने प्रतिबद्धता जनाए । नेपाल प्रहरीमा महानिरीक्षकको २२… पुरा पढौ