मुख्य समाचार

सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

काठमाडाैं, १८ वैशाख । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानीपूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । १ सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका… पुरा पढौ

अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा राष्ट्रपतिको सन्देश

काठमाडौं, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२२) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले उक्त अपेक्षा गरेकी छन् । राष्ट्रपति भण्डारीले दिवसका अवसरमा मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान… पुरा पढौ

मजदुरको आर्थिक हैसियत उकास्न सकेमात्र लोकतन्त्र सफल : मुख्यमन्त्री

पोखरा, १८ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘रातदिन श्रम गरेर जिविकोपार्जन गर्ने श्रमजीवहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु ।’ विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको भन्दै उनले नेपाली कांग्रेसको जन–निर्वाचित… पुरा पढौ

पाेखरा महानगरका मेयर उपमेयरद्धारा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक, पोखरालाई अन्तर्राष्ट्रिय हब बनाउने

पोखरा, १७ बैशाख । नेकपा एमाले पोखरा महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरुको उपस्थितिमा शनिबार पोखरामा आयोजित उम्मेदवार परिचय तथा बृहत कार्यकर्ता भेलामा मेयरका प्रत्यासी कृष्ण थापा र उपमेयरका प्रत्यासी मञ्जुदेवी गुरुङले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार कृष्ण थापाले पोखरालाई अन्तर्राष्ट्रिय सहरको रुपमा विकास गर्ने बताए । थापाले आफूले २० देखि २५ हजारको मतान्तरले चुनाव जित्ने दाबी गर्दै विजयी… पुरा पढौ

आर्थिक वृद्धि गर्ने उम्मेदवारलाई मतदानः नेता डङ्गोल

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरी काठमाडौँ महानगरपालिका–१४ बल्खुमा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ आज आयोजित कार्यक्रममा पार्टीका नेता तीर्थराम डङ्गोलले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तत्कालीन नगर पञ्चायतको चुनावमा सहभागी भएर उपप्रधानपञ्चमा विजयी भएर निरङ्कुशताका विरुद्ध जनमत तयार गरेको स्मरण गरे। उनले आफ्नो पार्टीको नेतृत्वमा विकसित देश बनाएर जनताको आर्थिक वृद्धि गरिनेमा जोड दिँदै त्यसका लागि गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए। पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाले विगतमा कम्युनिष्ट नेतृत्वले स्थानीय विकास पूर्वाधार निर्माणमा… पुरा पढौ

पर्यटन क्षेत्रलाई गति दिन समितिले सरकारलाई दियाे १८ बुँदे सुझाव

काठमाडौं, १७ वैशाख । पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ । कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका साथ सरकारले गठन गरेको विशेष समितिले केही नीतिगत, प्रक्रियागत संरचनागत विषयमा समेत सुधार गर्नुपर्ने सुझाव दिएको छ । नेपालको समृद्धिको प्रमुख आधारका रुपमा रहेको र कूल गार्हस्थ्य उत्पादनमा विशेष भूमिका प्रदान गर्ने क्षेत्र भएकाले तत्काल सुधारको प्रक्रिया सुरु गर्नुपर्ने… पुरा पढौ

स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ

काठमाडौं, १७ वैशाख । प्रहरीले काठमाडौंको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् । सडकमा शङ्कास्पदरुपमा हिडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरुबाट स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरिएको हाे। उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । पुरा पढौ

ट्राफिक प्रहरीद्धारा नौ महिनामा एक करोड ४६ राजस्व सङ्कलन

जनकपुर, १७ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८÷०७९ को नौ महिनामा रु एक करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गरी रु एक करोड ४६ लाख ७४ हजार राजस्व सङ्कलन गरेको हो । पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी… पुरा पढौ

बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण

काठमाडौं, १७ वैशाख । काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ । कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला प्रदर्शनीमा राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ । विद्यार्थीले आ–आफ्नै सोच, अनुभव र विचारलाई ‘इचिङ’ र ‘एक्वाटिन्ट’मार्फत चित्रण गरेका छन् । विद्यार्थी कुशल कार्कीले ‘न्यारेटिभ्स इन नेचर’ शीर्षकमा… पुरा पढौ

‘हेड’ र ‘स्पाइनल इन्जुरी’को उपचार सेवाबाट बिरामी लाभान्वित

कर्णाली, १७ वैशाख । टाउको (हेड इन्जुरी) र हड्डी (स्पाइनल इन्जुरी) भएका सबै बिरामी यस अघि नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । यतिबेला त्यो बाध्यता भने विस्तारै हट्दो छ । एक वर्षयता यी दुवै रोगको उपचार कर्णालीमा हुन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकको स्वास्थ्य, समय र पैसाको वचत भएको छ । वीरअस्पताल ट्रमा सेन्टरमा कार्यरत डा निलमकुमार खड्का प्रमुख कन्सल्ट्यान्टका रुपमा कर्णाली आएपछि विसं २०७८… पुरा पढौ