मुख्य समाचार

यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग दिइने

रियाद, २५ चैत । साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलरको सहयोग गर्ने बिहीबार घोषणा गरेका छन् । यमनी राष्ट्रपतिको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनको लागि सहयोगको घोषणा गरिएको हो । साउदी अरब र यूएईद्वारा संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत् यमनमा आधारभूत सहयोगका लागि दिइने भएको साउदी अरबको राज्य सञ्चालित समाचार संस्थाले बताएको हो । यो सहयोग पेट्रोलियम पदार्थजन्य सामान खरीद, विकास परियोजना… पुरा पढौ

ललितपुर चेम्बरको दोस्रो साधारणसभा सम्पन्न, समृद्ध राष्ट्र निर्माणमा हातेमालाे गर्न मन्त्री भुसालको आग्रह

ललितपुर २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित रहेर समृद्ध नेपाल निर्माणमा लाग्न निजी क्षेत्रलाई आग्रह गरेकी छन ।ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीन खम्बे अर्थनीति अबलम्बन गरी देशको आर्थिक विकास गर्र्न सकिन्छ भन्ने लक्ष्य लिइएको स्मरण गरिन । चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै मन्त्री भुसालले भनिन, “अर्थतन्त्रमा चेम्बरले पुर्याएको योगदान सर्हानीय छ, आगामी दिनमा देशको आर्थिक… पुरा पढौ

तपाईंले जन्मिन बाँकी बच्चाको भोजन खोस्दै हुनुहुन्छ, यो अपराध हो : सद्‌गुरु

जेनेभा, २४ चैत । माटो जोगाऔँ अभियानको समर्थनमा जेनेभामा आयोजित समारोहमा उत्सुक श्रोताहरूलाई सम्बोधन गर्दै, सद्‌गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरे । उनले भने, “तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ“।   आफ्नो १०० दिने यात्राको क्रममा १६औँ दिनमा, वर्षा र ठण्डीमा कैयौँ घण्टाको चुनौतीपूर्ण यात्रापछि सद्‌गुरु रोमबाट जेनेभा पुगेका हुन् ।  “मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु । सबैले भनिरहेका छन् कि निकै सानदार, तर यो अघि नबढी मर्नेछ,” आफ्नो… पुरा पढौ

नेप्सेमा छायो हरियाली, परिसूचकसंगै कारोबार रकममा बृद्धि

काठमाडौं, २४ चैत । निरन्तर ओरालो लाग्दै आएकाे सेयर बजारमा आजकाे सुखद् यात्राले भने लगानीकर्ताकाे मनाेवल बढाएकाे छ । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार सेयर बजारको स्वरुप हरियाली देखिएको छ । नेप्सेमा आज छाएको हरियालीले लगानीकर्ताहरुलाई मख्ख त बनाएको छ । तर यसको सकारात्मक लयमा क्रमभंग हुने संभावना पनि जीवितै रहेको छ । सम्पूर्ण सूचकहहरुमा हरियाली छाउँदा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.६६ अंकले बृद्धि भई… पुरा पढौ

कानुनी रुपमा समानता भएपनी व्यवहारमा अझै परिर्वतनकाे महशुस भएन : प्रदेश प्रमुख गुरुङ

पाेखरा, २४ चैत । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले कानुनी रुपमा समानता भएपनी व्यावहारिक रुपमा परिर्वतनको महशुस अझै पनि हुन नसकेको बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक विजयराज गौतम लगायतको टोलिसंगको भेटमा उनले मानवअधिकारका सवाललाई इन्सेकले सुक्ष्म रुपमा उठान गर्दै न्यायीक प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए। इन्सेक सरकारको सहयोगीको रुपमा रहेको उनको भनाई थियो । यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मानवअधिकार संरक्षण र संवर्धनमा इन्सेकको भूमिकाप्रति सम्मान व्यक्त गरे। उनले प्रदेश… पुरा पढौ

बैंकहरूको कर्जा प्रवाह घट्याे, १० अर्ब निक्षेप संकलन हुँदा ३ अर्बमात्रै लगानी

काठमाडौं, २४ चैत । पछिल्लो समय बैंकहरूले कर्जा प्रवाह कम गर्न थालेका छन् । बैंकहरूको निक्षेप बढ्दै गएपनि कर्जा प्रवाहमा भने सुस्तता आएको हो । चैत तेस्रो सातासम्ममा वाणिज्य बैंकहरूमा १० अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ३ अर्ब मात्रै थपिएको छ । नेपाल बैंकर्स संघकाे १८ चैतसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४१ खर्ब ३० अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप संकलन ३० फागुनसम्ममा ४१ खर्ब २० अर्ब रूपैयाँ मात्रै थियो । १८ चैतसम्ममा वाणिज्य बैंकहरूले प्रवाह गरेको… पुरा पढौ

प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २४ चैत । प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सको साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि आज बुक क्लोज गरेसंगै नेपाल स्टक एक्सचेन्जमा सेयरमूल्य समायोजन भई नयाँ निर्धारण गरिएको हो । कम्पनीको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजन भएपछि कम्पनीको सेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम गरिएको छ । यो नेप्सेले अघिल्लो दिन भएको कारोबारको आधारमा समायोजन गरेको हो । इन्स्योरेन्सले वैशाख ११ गते वीरगन्जस्थित दियालो लर्डस प्लाजामा २०औं साधारण सभा डाकेको छ ।… पुरा पढौ

आचारसंहिता पालनाकाे पूर्ण कार्यान्वयन व्यवहारमै देखिनु पर्छ : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं, २४ चैत । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् । आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उहाँले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचारसंहिता पालनामा सबैले ध्यान पु¥याउन आवश्यक रहेको बताए । संविधानसभामार्फत संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकांक्षालाई मूर्तरुप दिन उनकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो सफल निर्वाचन गरेको थियो ।… पुरा पढौ

सिवाईसी नेपाल लघुवित्तले झण्डै ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याउँदै

काठमाडौं, २४ चैत । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ । संस्थाले वैशाख २ गतेदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गर्न लागिएको कुल सेयरमध्ये ०.५ प्रतिशत, ६ हजार ८२ कित्ता कर्मचारीहरुको लागि रहेको छ । ५ प्रतिशतले हुने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । लगानीकर्ताले बाँकी रहेको ३ लाख ६९… पुरा पढौ

स्वास्थ्यकर्मीको सम्मानार्थ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी डा भुसाल सगरमाथा चढ्दै

काठमाडौं, २४ चैत । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथा आराेहण गर्न लागेकी छन् । आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसम्म पुगेकी थिइन । डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन। मेडिकल डाइरेक्टर डा… पुरा पढौ