मुख्य समाचार

कालोपत्रे हुँदै सिगाना, बरेङ शान्तिपुर सडक

गलकोट, १७ वैशाख । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ । साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको छ । उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रेका लागि सो प्रक्रिया शुरु गरेको हो । बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे… पुरा पढौ

आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस मनाइँदै

काठमाडाैं, १७ वैशाख । वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू… पुरा पढौ

१४ जनामा देखियाे काेराेना सङ्क्रमण

काठमाडाैं, १६ बैशाख । नेपालका बिभिन्न् स्थानमा परिक्षण गर्दा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४३ जना रहेका छन् । पछिल्लो समय १९ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ६१२ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित… पुरा पढौ

आपूर्तिमन्त्री दिलेन्द्र बडू र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन बीचकाे भेटमा के के भयाे छलफल ?

काठमाडाैं, १६ बैशाख । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन। मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो। छलफलमा महामहिम राजदूतले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य मार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गरेका थिए । उनले नेपाल बंगलादेश बीचको सौविध्यपूर्ण व्यापार सम्झौताको छलफललाई अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउँदै नेपाली वस्तुहरुको बंगलादेश निर्यातमा सहजीकरण गर्न… पुरा पढौ

मनोनयन फिर्ताका लागि दबाब नदिन आयोगको ध्यानाकर्षण

काठमाडौं, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि नगराउन सरोकारवालालाई आग्रह गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ “यस्ता गतिविधिले कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानूनी… पुरा पढौ

कोरोनाले थलिएको पर्यटनमा राहतकाे महसुस, पर्यटक आवागमनमा वृद्धि

काठमाडौं, १६ वैशाख । कोरोना कहरले थला पार्दैनथ्यो भने संसारभरका पर्यटक यतिबेला नेपालका विभिन्न सहरमा पुगिरहेका हुन्थे । काठमाडौँको ठमेल, कास्कीको लेकसाइड, चितवनको सौराहा, रुपन्देहीको लुम्बिनीमा हजारौँ पर्यटकले नेपालको बारेमा प्रशंसा गरिरहेका भेटिन्थे । कोही ‘ह्वाइट वाटर र्याफटिङमा रमाइरहेका भेटिन्थे । कोही सराङ्कोटमा प्याराग्लाइडिङको मज्जा लिइरहेका हुन्थे । कोही अन्नपूर्णको फेदीतिर हिमाल र हिउँको वर्णन गर्दै पुलकित भइरहेका हुन्थे भने कोही सगरमाथाको आधार शिविर पुगेर आफू भाग्यमानी भएको अनुभूति गरिरहेका हुन्थे । कोही खप्तडतिर, कोही रामारोशनतिर, कोही बर्दियातिर बाघसँग लुकामारी… पुरा पढौ

विज्ञापन क्षेत्रकाे नियन्त्रण नभई नियमन गर्न आचारसंहिता -सचिव अर्याल

काठमाडौं, १६ वैशाख । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भ गर्दै विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनका लागि सरकारले आचारसंहिता ल्याउने तयारी गरिरहेको जानकारी दिए। “अप्रमाणित, भ्रामक, पर्याप्त जानकारीविना विज्ञापन बनाइएको हुन्छ, त्यसलाई व्यवस्थित गर्नका लागि सरोकारवालाको सुझावका आधारमा विज्ञापन आचारसंहिता ल्याउन लागिएको… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी अवतरण भयो पहिलाेपटक वाइड बडी जहाज

काठमाडौं, १६ वैशाख । संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए । आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक… पुरा पढौ

चन्द्रागिरी हिल्सकाे चैतसम्मकाे संचालन मुनाफा ४२ करोड नाघ्याे

काठमाडौं, १६ वैशाख । चन्द्रागिरी हिल्सको आम्दानीमा सुधार भएको छ । कम्पनीको चालु आर्थिक वर्षको सार्वजनिक भएको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएको वर्षकोभन्दा यसपटक आम्दानीमा सुधार भएको देखिएको छ भने नोक्सानीमा कमि आएको छ । कम्पनीको यस आर्थिक वर्षको चैतको अन्तिमसम्म ४२ करोड ३ लाख रुपैयाँ संचालन मुनाफा भएको छ । जो गएको वर्षको सोहि अवधिकोभन्दा १४१.२६ प्रतिशतले बढि हो । गएको वर्ष कम्पनीको नाफा १७ करोड ४२ लाख रुपैयाँ रहेको थियो । चन्द्रागिरीको संचालन मुनाफामा भएको सुधारसंगै नोक्सानीमा… पुरा पढौ

उम्मेदवारी फिर्ताको समय आज अपराह्न ५ बजेसम्म

काठमाडौं, १६ वैशाख । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।… पुरा पढौ