मुख्य समाचार

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा अर्याल नियुक्त

काठमाडौं, १८ वैशाख । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको बताइएकाे छ । पुरा पढौ

दलका घोषणापत्रमा विपद् व्यवस्थापन र वातावरणमैत्री विकास निर्माणमा जोड

काठमाडौं, १८ वैशाख । स्रोतको मनपरी दोहन र पर्यावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक घटनालगायत विभिन्न कारणले मुलुकमा विपद्जन्य घटना बढ्दो छ । तथ्याङ्क हिसाब गर्र्ने हो भने गत दुई वर्ष विपद्जन्य घटनाबाट पाँच÷पाँच सय मानिसले अकालमा ज्यान गुमाएका छन् । बाढी, पहिराले ठूलो क्षति गराएको देखिएको छ । विपद्का घटना बर्सेनि बढ्दो रहेकाले सरकारले त्यस्ता घटना न्यूनीकरण र घटना नै हुन नदिन पूर्वतयारीलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरी कार्य गर्दै आएको छ । विपद्जन्य… पुरा पढौ

यस्ताे छ तथ्याङ्कमा २०७९ सालको स्थानीय तहको निर्वाचन

काठमाडौं, १८ वैशाख । मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् । विद्यमान कानुनी व्यवस्थानुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् । यी स्थानीय तहमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्रमुख÷उपप्रमुख, गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, वडाहरुमा वडाध्यक्ष र सदस्य पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार यही वैशाख २९ गतेसम्म १८… पुरा पढौ

राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता

काठमाडाैं, १८ वैशाख । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो । लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक दलले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरेका थिए । सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम… पुरा पढौ

सेवा सुबिधा नलिने एमाले मेयरका उम्मेदवार थापाकाे घाेषणा

पाेखरा, १८ वैशाख । नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले आफुले पाएकाे सेवा सुबिधा नलिने घाेषणा गरेका छन् । पाेखरा वडा नं २६ भएकाे चुनावी अभियानका क्रममा थापाले साे सेवा सुविधा गरिब जनतालाई दिने बताएका हुन् । थापाले घाेषणापत्र अक्षरस पालाना गर्ने भन्दै अहिलेकाे गठबन्धन् कागजकाे गठबन्धन् भएको बताए । कार्यक्रममा उपमेयर पदका उम्मेदवार मञ्जुदेवी गुरूङले अबकाे जित एमालेकाे भएको र महिलाको हकहितकाे काम एमालेले मात्रै गर्ने सक्ने बताइन । कार्यक्रममा पाेखरा २६ का सूर्य ध्वजावाहक वडा अध्यक्षका उम्मेदवार सूर्यनाथ… पुरा पढौ

अघोषित लोडशेडिङले उद्योगहरू समस्यामा, तालिका प्रकाशन गर्न उद्योगीकाे माग

बिराटनगर, १८ वैशाख । नेपाल विद्युत प्राधिकरणले बिना सूचना नै विद्युत आपूर्ति रोक्दा उद्योगहरू समस्यामा परेका छन् । प्राधिकरणले पछिल्लो समय पूर्वसूचना बिना नै विद्युत आपूर्ति अवरुद्ध गर्दा उत्पादन प्रक्रियामा नै अवरोध हुन गइ क्षति पुग्दा उद्योगहरू समस्यामा परेका हुन् । पूर्वका उद्योगीहरूले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी लोडसेडिङ तालिका सार्वजनिक गर्न विद्युत प्राधिकरणसँग माग समेत गरेका छन् । केही दिनदेखि पूर्वसूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टाभन्दा बढी विद्युत आपूर्ति अवरोध हुँदै आएकोमा दुई दिनदेखि २४ सै घण्टा विद्युत… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । अघिल्लो कारोबार भएको दिन शुक्रबार एकैदिन रु १२०० ले बढेको छापावाल सुनको भाउ यसदिन तोलामा २०० रुपैयाँले घटेकाे छ । चाँदीमा रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ २०० ले घटेर तोलाको ९९ हजार रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन यसदिन… पुरा पढौ

एनआरएनएको विश्व विज्ञ सम्मेलन अक्टोवरमा

काठमाडौं, १८ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्व विज्ञ सम्मेलन आगामी अक्टोवर महिनामा हुने भएको छ। संघको शनिवार बसेको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोवर ८ देखी १० तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिम्खडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ। बैठक संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा गठित समितिद्वारा प्रस्तुत बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको… पुरा पढौ

अर्को हप्तादेखि इन्टरनेट बन्द गर्ने सेवा प्रदायकहरूको चेतावनी

काठमाडौं, १८ वैशाख । इन्टरनेट कम्पनीहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघले आगामी हप्तादेखि नेपालमा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । भारतबाट खरिद गरेको व्यान्डविथको रकम तिर्न बन्देज गरिएको कारण आगामी दिनमा आयात बन्द हुनसक्ने संघले चेतावनी दिएको हो । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन् । सरकारले ति कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानीको लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरिएको र गर्न लगाइएको संघले जनाएको छ । अत्यावश्यक… पुरा पढौ

श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौं, १८ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उनले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ भने। श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि कानुनी, नीतिगत एवं प्रक्रियागत सुधारको प्रयास गरिएको जनाउँदै उनले… पुरा पढौ