मुख्य समाचार

उद्देश्यप्रति शङ्का देखिएपछि अध्यागमनबाट फर्काइए विदेश जान लागेका ७६ यात्रु

काठमाडौं, २२ मङ्सिर । ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए । “केही आशङ्का लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौं भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए”, शाहीले भने । यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् । उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई… पुरा पढौ

४७ करोड ९३ लाखमा भ्यूटावर निर्माण सम्झौता

काठमाडाैं, २२ मङ्सिर । बागमती प्रदेश राजधानी हेटाैंडामा रु ४७ करोड ९३ लाख लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे हेटौँडामा सम्झौता भएको छ । हेटाैंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा निर्माण हुने सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो । १२ तल्ले उक्त भवनको नाम हेटौँडा बहुद्देश्यीय व्यापारिक भवन रहेको छ । भवन तीन वर्षभित्र निर्माण… पुरा पढौ

११ महिनामा चीनको वैदेशिक व्यापार २२ प्रतिशतले वृद्धि

बेइजिङ, २२ मङ्सिर । चीनको कुल आयात निर्यात सन् २०२१ को पहिलो ११ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर ३५.३९ ट्रिलियन युआन (५.५५ ट्रिलियन अमेरिकी डलर) पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ। भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० को लागि कुल ३२.१६ ट्रिलियन-युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो। दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महिनामा दोहोरो अङ्कको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१.८ प्रतिशत र २२.२ प्रतिशतले… पुरा पढौ

दिगो विकासका लागि सस्तो, भरपर्दो र स्वच्छ ऊर्जा

काठमाडौं, २१ मंसिर । सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) पूरा गर्ने प्रस्ताव अनुमोदन गरेका थिए । अनुमोदनकर्तामध्ये नेपाल पनि एक हो । एसडीजीका १७ प्रमुख लक्ष्यहरू हासिल गर्न आर्थिक, सामाजिक र वातावरणीय आयाम समेट्दै विश्वव्यापी १६९ परिमाणात्मक गन्तव्य र २३४ सूचकहरू तय गरिएको थियो । नेपालले विश्वव्यापी लक्ष्यको १४ बुँदाबाहेक १६ बुँदे प्रमुख लक्ष्य प्राप्त गर्न १५९ गन्तव्य र २४५ अतिरिक्त… पुरा पढौ

राप्रपा महाधिवेशनमा पूर्वराजाले फोहोरी हस्तक्षेप गरे : कमल थापा (विज्ञप्तिसहित)

काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले फोहोरी हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेका छन् । अध्यक्षमा पराजित भएपछि मंगलबार विज्ञप्ति निकालेर उनले नेतृत्व चयनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेप गरेको बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्रले भजनमण्डली बनाएको राप्रपाका नेतृत्वको चरित्रहत्या गर्ने र भ्रम सिर्जना गराउने कार्य भएको भन्दै उनले राजसंस्थाको मान्यतामा अहिले पनि आफू रहिरहेको बताएका छन् । ‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत : पुस २० गते उम्मेदवारी दर्ता

काठमाडौं, २१ मङ्सिर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यक्रम अनुसार आगामी पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिन सक्नेछन्। आयोगका अनुसार, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले सोही मितिमा… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा प्राइम बैंक अब्बल

काठमाडौं, २१ मंसिर । साताको सेयर कारोबार हुने तेस्रोे दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गरेपछि नकारात्मक लयमा गएको सेयर बजारमा सोमबार हरियाली छाए पनि त्यसको भोलिपल्टै आज ओरालो लाग्दा लगानीकर्ताको उत्साहलाई घटाएको छ । आज व्यापार उपसमूह २१.५३ अंकले बढेको छ भने म्युचुअल फण्ड ०.८२ अंकले बढेको छ । बाँकी ११ वटै उपसमूहरु राताम्मै भएका छन् ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.१८ अंकले घटेर दुई हजार… पुरा पढौ

नेपाल लाइफको ‘नेपाल लाइफ समुन्नत जीवन’ योजना सार्वजनिक

काठमाडौं, २१ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना मंगलबार सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नयाँ जीवन बिमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको जनाएको छ । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको भन्दै विभिन्न योजनाहरु सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तीव्र गतिमा अघि बढेका… पुरा पढौ

परीक्षण उत्पादन गर्दै हुवासिन सिमेन्ट

काठमाडौं, २१ मंसिर । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले आगामी तीन साता भित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको छ । ‘हामी परीक्षण उत्पादनको अन्तिम तयारीमा छौं । आवश्यक उपकरण जडान भइसकेको तथा केही सामान्य काम मात्रै बाँकी छ । ती पनि केही दिनभित्रै सकिन्छ,’ हवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भने । नेपाली र चिनियाँ व्यवसायीले संयुक्त लगानी रहेको उद्योगमा सोमबारदेखि विद्युत् उपलब्ध भएको छ । मर्स्याङ्दी काठमाडौं १३२… पुरा पढौ

कांग्रेस महाधिवेशनमा दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं, २१ मंसिर । नेपाली कां‌ग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । शुक्रबारदेखि सोमबारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको कांग्रेस महाधिवेशनकाे सुरक्षाका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने बताइएकाे छ । त्यस्तै काठमाडौं परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो संख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ । पुरा पढौ