मुख्य समाचार

नेपाल बैंकको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं, २१ मंसिर । नेपाल बैंकको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । बैंकको १४ प्रतिशत बोनस सेयर समायोजन गरिएको छ । सेयर मूल्य समायोजनपछि सेयर मूल्य ३७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अघिल्लो दिन कारोबार भएको अन्तिम मूल्यलाई आधार बनाई सेयर मूल्य समायोजन भएको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ४३१ रुपैयाँ ७० पैसामामा कारोबार भएको… पुरा पढौ

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, २१ मंसिर । प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेको छ । बैंकले पुसको ६ गते १४ औं साधारण सभा आव्हान गरेको छ । सभाले १६.६३ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण साधारण सभा अनलाइनमार्फत बोलाईएको छ । साधारण सभा तथा लाभांश वितरणको प्रयोजनको लागि मंसिर २२ गते बुधबार बुक क्लोज गरिएको छ । आज मंगलबारसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरेर कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन… पुरा पढौ

नारायणी नदी तटबन्धनका लागि ५ अर्ब जुटाइँदै

चितवन, २१ मङ्सिर । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन । नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरमार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटबन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको… पुरा पढौ

बैंकिङ कारोबारका लागि कामपा र एनआइसी एसिया बैंकबीच सम्झौता

काठमाडौं, २१ मङ्सिर । बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो । प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ । वडा कार्यालयमा सम्भव नभए नजिकै भाडामा… पुरा पढौ

नाडाकाे अध्यक्षका प्रत्यासी ध्रुब थापाकाे समुहप्रति अटाे व्यवसायीकाे साथ बढ्दै, थापा समुह नै बिजयी हुने देखियाे

काठमाडौं, २१ मंसिर ।  अटोमोबाईल्स व्यवसायीको छाता संस्था नाडाको यही मंसिर २२ र २३ गते द सोल्टी होटल काठमाडाैंमा हुने अधिवेशनमा आफनाे पक्षमा जित हासिल गर्न अध्यक्ष पदका उम्मेदवार ध्रुब थापाकाे समुहले चुनावी भेटघाटलाइ तिब्र बनाएकाे छ । चुनावी प्रचारकाे घरदैलाे गर्ने क्रममा थापा समुहलाइ ब्यबसायीले देखाएकाे उत्साह हेर्दा अधिवेशनमा थापा समुहकाे जीत हुने देखिएको छ। अध्यक्ष पदकाे चुनावी दौडमा अटोमोबाईल्सका क्षेत्रमा सफल व्यवसायीकाे छबी बनाएका ध्रुब थापा र चौधरी ग्रुपका करण चौधरी छन्।नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अटोमोबाईल्स सम्बन्धि… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकले शुरू गर्याे “सांग्रिला रेमिट”

काठमाडाैं,२० मंसिर । पछिल्लो समय शाखा बिस्तार तथा विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु समेतमा उल्लेखनीय हिसाबले वृद्धि गरिरहेको सांग्रिला डेभलपमेन्ट बैंकले, देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्ट कहाँ गई नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन।  बैंकले संचालनमा ल्याएको यस सेवा आन्तरिक… पुरा पढौ

एक सातामा ७ अर्बले बढ्यो बैंकहरुको निक्षेप

काठमाडौं, २० मंसिर, । एक सातामा सात अर्ब रुपैयाँले बैंकहरुको निक्षेप बढेको छ । केही समययता निरन्तर ओरालो लागिरहेको बैंकहरुको निक्षेप गत साता भने उकालो लागेको छ । नेपाल बैंकर्स संघका अनुसार अघिल्लो साता करिब सात अर्ब रुपैयाँले घटेको निक्षेप पछिल्लो साता उकालो लागेको हो । मंसिर ३ मा २७ वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ थियो भने १० मंसिरमा ७ अर्बले निक्षेप घटेर ४२ खर्ब १९ अर्बमा झरेको थियो । पछिल्लो साता फेरि निक्षेप उकालो लागेर १७… पुरा पढौ

प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं, २० मंसिर । संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा. शंकर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ-आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनै जना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए । पुरा पढौ

पाँच महिनामा ५.६६ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं, २० मंसिर । मुलुक विकासको पहरेदारको रुपमा हेरिएको विकासे बजेट अर्थात् पुँजीगत खर्चको अवस्था कछुवा गतिमा देखिएको छ । बजेट विनियोजनमै चालू आवमा चार खर्बभन्दा बढी पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँच महिना बित्नै लाग्दा पनि ६ प्रतिशतको हाराहारीमा पनि खर्च गरेको छैन । चार खर्ब ३९ अर्ब ६५ करोड ९ हजार पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँच महिनाको अवधीमा २४ अर्ब ८९ करोड ४६ लाख मात्रै खर्च गरेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । तथ्यांकअनुसार एक दिनमा… पुरा पढौ

नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिएसँगै उच्च सतर्कता

काठमाडौं, २० मङ्सिर । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी नागरिक र… पुरा पढौ