मुख्य समाचार

स्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

बेनी, ९ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन् । वडा नं ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नति नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयवासीले बुधबारदेखि आयोजनाको सम्पूर्ण काम ठप्प पारेका हुन् । स्थानीयवासीका जायज मागमा आयोजनाले बेवास्ता गरेको र पटक–पटकको ताकेतालाई समेत सम्बोधन नगरेपछि आन्दोलनमै उत्रिएर आयोजनाको सबै काम ठप्प पार्नुपरेको सङ्घर्ष समितिका संयोजक राजु बरुवालले बताए । बरुवालको नेतृत्वमा आयोजनाको निर्माण कार्य… पुरा पढौ

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

काठमाडौं, ९ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन् । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरेकी छन् । “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण… पुरा पढौ

साढे ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात

काठमाडाैं, ९ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९ को कात्तिक मसान्तसम्म) को तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो । बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात हुँदा छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु… पुरा पढौ

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

भरतपुर, ९ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ । महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ । गैँडाको मस्कट तयार… पुरा पढौ

जलवायु अनुकूलनका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा गर्दै संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं, ९ मङ्सिर । नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ । सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान कार्यक्रमअन्तर्गत युरोप समूह प्रयास (टिम युरोप इनिसिएटभ)मार्फत फिनल्यान्ड, फ्रान्स र जर्मनीले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । यद्यपि उक्त सहयोगको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । हालै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले व्यक्त… पुरा पढौ

पूँजीगत खर्च नबढेकोप्रति अर्थमन्त्रीको असन्तुष्टि

काठमाडाैं, ९ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्यरूपमा वृद्धि नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन् । अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पूँजीगत खर्च उल्लेख्यरूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँदै उनले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताए। “यदि पूँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु”, उनले भने, “अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने… पुरा पढौ

उद्योग क्षेत्र विकासको प्रमुख आधारस्तम्भ : प्रधानमन्त्री देउवा

काठमाडौं, ९ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ उद्योग दिवसका अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक एवं उद्योग क्षेत्रसँग आबद्ध सबैमा शुभकामना व्यक्त गरेका छन्। ‘स्वेदशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ । दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले मुलुकको समृद्धिमा उद्योग व्यवसाय क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आर्थिक विकासमा यस क्षेत्रको योगदान अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले विकासको प्रमुख आधारस्तम्भका रूपमा रहेको उद्योग क्षेत्रको गुणात्मक… पुरा पढौ

पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०७८ स्वीकृत

काठमाडौं, ९ मङ्सिर । काठमाडौं महानगरपालिकाले ‘पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । कामपाको ७१ औँ कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार कोष सञ्चालनका लागि कामपाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यसहित पाँच जना र होटल सङ्घ, नेपालका तर्फबाट चार जना गरी नौ जनाको निर्देशक समिति निर्माण गरिने पनि जनाइएको छ । वार्षिक बजेट,… पुरा पढौ

बिहीबारदेखि ‘एसिया सेल्टर फोरमको बार्षिक सम्मेलन’ ललितपुरमा सुरु हुने

काठमाडौं, ८ मङ्सिर । आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्यका लागि तेस्रो ‘एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन’ विहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ । गृह मन्त्रालय तथा यसको मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास मन्त्रालयको नेतृत्वमा एसिया सेल्टर फोरमको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त सम्मेलन गर्न लागिएको हो । कार्यक्रम सहरी विकासमन्त्री राम कुमारी झाक्रीकाे प्रमुख आतिथ्यतामा हुने भएकाे छ । यही सङ्सिर ११ गतेसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय रूपमा विपद्को पुनर्निर्माण तथा पुनस्र्थापनका… पुरा पढौ

नेप्सेमा बृद्धि हुँदा, सेन्सेटिभ इण्डेक्समा आयो गिरावट

काठमाडौं, ८ मंसिर । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार शेयर बजारमा फरक दृश्य देखा परेको छ । नेप्से परिसूचक बढेको छ भने सेन्सेटिभ इण्डेक्स घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८९ अंकले बढेको छ । यसरी बढेको नेप्से २७३५.०० विन्दुमा उक्लेको छ । नेप्सेमा ०.०७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंकले घटेर ५१५.१९ विन्दुमा झरेको छ । कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । ७४ लाख ४५ हजार २२७ कित्ता शेयरको खरिदबिक्री… पुरा पढौ