मुख्य समाचार

माैद्रिक नीतिकाे प्रभाव जीवितै, नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं, १९ मंसिर । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्सेमा पहिरो गएको छ । अब त लयमा फर्किएला कि भन्ने आशा गरिहेको बेलामा फेरि सेयर बजार नकारात्मक लयमा देखिएपछि लगानीकर्ताहरुको मनोवल खस्केको छ । नेप्सेमा ७२.३० अंकको गिरावट भएको छ । यसरी घटेको नेप्से २५१३‍.८८ विन्दुमा झरेको छ । नेप्सेमा २‍‍‍‌‍.८० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा पुगेको छ ।कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ८९… पुरा पढौ

पार्टीको काम निष्ठापूर्वक गर्दै आएकोले यसपटक महामन्त्री उठ्छु : डा. महत

डा प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुन। उनी नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री छन् । संविधानसभा सदस्य भएर उनले संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम गरे । उनीसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्रीका रूपमा काम गरेको अनुभव छ । आफ्नो पार्टी तथा सार्वजनिकरूपमा समसामयिक एवं राजनीतिक विचारहरू राख्नसक्ने स्पष्ट वक्ताका रूपमा डा महत परिचित छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका डा महतसँग महाधिवेशनमा केन्द्रित रहेर गरिएको कुराकानीको केही… पुरा पढौ

पृथ्वीराजमार्गका दायाँबायाँ संरचना निर्माण गर्न रोक

दमौली, १९ मङ्सिर । मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)ले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दायाँबायाँ विभिन्न क्रियाकलाप र गतिविधि गर्न रोक लगाएको छ । मुग्लिङ–पोखरा राजमार्ग सुधार चरण एक योजनाअन्तर्गत आँबुखैरेनी जामुनेसम्मको सडकखण्डलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न लागिएकाले उक्त खण्डमा विभिन्न क्रियाकलाप गर्न रोक लगाइएको हो । राजमार्गको क्षेत्राधिकारभित्र केन्द्रदेखि २५÷२५ मिटर दायाँबायाँ पर्ने गरी खेतीबाली, खाडल खन्ने वा कुलोकुलेसा निर्माण, खानेपानी, धारा निर्माण गर्ने, सडकसँग जोडिने गरी प्रवेशमार्ग निर्माण गर्ने, किला तगारो गाड्ने, घरटहरा निर्माण गर्ने तथा कुनै किसिमका व्यापार… पुरा पढौ

क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

काठमाडौं, १९ मङ्सिर । कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्र्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेक मेलाको २७औँ संस्करणको आवश्यक तयारी अघि बढाइएको आयोजक क्यान महासङ्घले जनाएको छ । इन्फोटेकको २७औँ संस्करण गत वैशाख २८ देखि जेठ २ गतेसम्म हुने गरी तयारी गरिएको भए… पुरा पढौ

महानगरपालिकाले अनुगमन संयन्त्रलाई एकीकृत गर्ने

काठमाडौं, १९ मङ्सिर । काठमाडौं महानगरपालिकाले अनुगमनलाई थप व्यवस्थित गर्न अनुगमन संयन्त्रलाई एकीकृत गर्ने भएको छ । अनुगमनमा एकीकृत गरिने विभिन्न क्षेत्र दैनिक प्रयोग हुने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी, फैसला कार्यान्वयनको अवस्था, जनजीवनलाई सहज बनाउन हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण रहेका छन् । त्यसैगरी संरक्षण र उपयोग, निर्माणकार्य, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्थालाई एकीृकत गरी अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए… पुरा पढौ

माइक्रोसफ्ट च्याम्पियनसीप २०२२ खुलेको घोषणा, राष्ट्रिय विजेतालाई अवार्ड वितरण

पोखरा, १९ मंसिर । माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२२ को लागि रजिष्ट्रेसन खुलेको छ । माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२२ को रजिष्ट्रेसन खुलाइएको घोषणा गरेको हो । यो माइक्रोसफ्टले गर्ने अन्तरािष्ट्रय प्रतियोगीता हो । माइक्रोसफ्ट अफिस वर्ड, माइक्रोसफ्ट अफिस एक्सल र माइक्रोसफ्ट अफिस पावरपोईन्टको २०१६ र २०१९ को ६ बिधामा प्रतियोगीले सहभागीता जनाउन सक्नेछन् । १३ वर्ष देखि २२ वर्ष उमेर समूहका विद्यार्थीले यो प्रतियोगीतामा… पुरा पढौ

उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर (फोटो/भिडियाे)

पोखरा, १८ मंसिर । बंगालको खाडीमा विकसित भएको जवाद नामको सामुद्रिक चक्रवादको कारण मौसमा बदली भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने उच्च पहाडी क्षेत्रमा पानी परिरहेको छ । कतिपय स्थानमा भारि वर्षाकाे स‌भावना रहेकाेा छ । जल तथा मौसम विज्ञान विभागले नेपाल ठूलो प्रभाव नपारे पनि केहि दिन प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश तथा उच्च पहाडी भूभाग र हिमाली क्षेत्रमा हिमपातको संभावना रहेको बताएको छ । मौसममा आएको बदलीको कारण सुदूरपश्चिम प्रदेश, कर्णाली… पुरा पढौ

‘जवाद’ सामुद्रिक चक्रवादकाे कारण मौसम बदली र वर्षा

काठमाडौं, १८ मङ्सिर । बङ्गालको खाडीको मध्य पश्चिम भूभागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ । सो चक्रवात आज बिहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तर उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यसका कारण नेपालमा खासै ठूला प्रभावपर्ने सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिबाट प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च… पुरा पढौ

२३ बैंकले गरे लाभांश घोषणा : कसको कति ?

काठमाडौं, १८ मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही बैंक साधारणसभाको तयारीमा छन् । नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण… पुरा पढौ

चितवनलाई यातायात सेवाको हब बनाइन्छः अध्यक्ष दाहाल

चितवन, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन् । यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम आज शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताए। जिल्लावासी यातायातसँग सम्बन्धित कामका लागि टाढा जानु नपर्नेमा जोड दिँदै उनले भने, “यो क्षेत्रलाई नेपालकै ठूलो यातायात सेवाको हब बनाइने छ ।” यातायात कार्यालयका लागि जग्गा र पूर्वाधार निर्माणका लागि पहल गरिने उनको… पुरा पढौ