मुख्य समाचार

चाँदी आयातमा कडाई गर्ने राष्ट्र बैंककाे सङ्केत

काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने कङ्केत गरेको हो । राष्ट्र बैंकले ड्राफ्ट/टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । यस्तै, विदेशी विनिमय सञ्चितिको विद्यमान अवस्थालाई ध्यान दिई तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिको… पुरा पढौ

इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी

अदिस अबाबा, ११ मङ्सिर । द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले शुक्रबार दिएको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ । इथियोपियामा खाद्य सङ्कट उत्पन्न हुने बारेमा अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण गराउनु पर्ने राष्ट्रसंघीय अधिकारीहरूको भनाइ छ । अफ्रिकी देशहरूमध्ये दोस्रो धेरै जनसङ्ख्या भएको द्वन्द्वग्रस्त मुलुक इथियोपियाका लागि अहिलेदेखि नै खाद्य व्यवस्थापनको तयारी नगरिए ठूलो मानवीय क्षति हुन… पुरा पढौ

विद्युतीय प्रणालीको सुधारका लागि एडिबीले ७ अर्ब ऋण दिने

काठमाडौं, १० मङ्सिर । एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे । नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा आजको ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ… पुरा पढौ

एमालेले फेरि पनि निर्वाचनबाट पहिलो भएर सरकारको नेतृत्व गर्छ : अध्यक्ष ओली

चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फेरि पनि निर्वाचनबाट ५० प्रतिशत बढी मतदाताको मत प्राप्त गरेर देशको पहिलो पार्टी भएर सरकारमा आउने ठोकुवा गरेका छन् । आजबाट चितवनमा सुरु भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई संवोधन गर्दै ओलीले आगामी निर्वाचनमा पनि पहिलो पार्टी बन्ने र सरकारको नेतृत्वमा जाने ठोकुवा गरेका हुन । नेकपा एमाले खाटमा बसेर तास फिटेर बस्ने पार्टी होईन, देशप्रति अपनत्व बोकेको, देशवासीको सुखको लागि अगाडी बढेको पार्टी भएकोले भविष्य उज्ज्वल बनाउने लक्ष्यमा… पुरा पढौ

एमालेकाे १० औं राष्ट्रिय महाधिवेशनमा नारायणी किनारमा उर्लिएकाे जनसागर (फोटो फिचर)

चितवन, १० मङ्सिर । एमालेकाे १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा उर्लियाे जनसागर (फोटो फिचर) पुरा पढौ

एमालेकाे १० औं राष्ट्रिय महाधिवेशनमा उर्लियाे जनसागर, नारायणी किनारमा अटेनन् कार्यकर्ता (लाईभ)

चितवन, १० मङ्सिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ । नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनपूर्व स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा झाँकीसहितका ¥याली निकालिएको थियो । नदी किनारमा नअटेपछि ठाउँठाउँमा राखिएका डिस्प्ले बोड हेरेर… पुरा पढौ

२० करोडसम्म कर्जा प्रवाह गर्ने नीतिले १०० बेडको अस्पताल बनाउन सहज हुने

काठमाडौं, १० मङ्सिर । अस्पताल नभएका स्थानीय तहमा स्वास्थ्यमा पहुँच पुर्याउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ।स्वास्थ्य सेवा पाउने नागरिकको संबैधानिक अधिकारका लागि स्थानीय तहमा अस्पताल विस्तार गर्न केन्द्रीय बैंकको पछिल्लो नीतिले सहज बनाउनेछ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा त्रैमासिक समीक्षा गर्दै अस्पताल नभएका स्थानीय तहमा १०० शैय्यासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाले सहजरुपमा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ । बैंकको नीतिअनुसार त्यस्तो कर्जा दिँदा आधारदरमा अधिकतम दुई प्रतिशत बिन्दुसम्म मात्रै प्रिमियम… पुरा पढौ

प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल

काठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी गराए । उनीहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वाेच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राखेका थिए।… पुरा पढौ

नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनका सहभागीहरू नारा जुलुस सहित कार्यक्रम स्थल जादैं (फोटो/भिडियो)

चितवन, १० मङ्सिर । ७७ वटै जिल्लाबाट सरिक भएका नेता र कार्यकर्ताहरु चितवनका विभिन्न स्थानबाट र्यालीसहित नारायाणी नदी किनारमा तयार गरिएकाे उद्घाटन समारोहमा सरिक हुँदैछन । ठाउँ ठाउँमा सुरक्षाकर्मीहरु तैनाथ गरिएकाे छ ।   एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनेहरुको जुलुस विभिन्न स्थानबाट निस्किने क्रम जारी छ । झण्डा, ब्यानर,बाजागाजा सहितको जुलुस समारोह स्थलमा जाने क्रम जारी छ । सम्पादन नभएकाे भिडियाे पुरा पढौ

गाउँपालिकाको मौलिक पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’ तयार

सिन्धुपाल्चोक, १० मङ्सिर  । केन्द्रीकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउन स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। अध्यक्ष लामाले भने, “स्थानीय परिवेशको सुक्ष्म अध्ययनले आफ्नो भूगोलप्रतिको मायामोह जाग्छ, आफ्नो ठाउँको सबल पक्ष र खाँचो भएका पक्षबारे जानकारी गराउने भएकाले स्थानीय विकासमा टेवा पु¥याउँछ ।” कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी यही शैक्षिकसत्रबाट लागू… पुरा पढौ