मुख्य समाचार

एमाले महाधिवेशन: अध्यक्षबाहेकका पदमा सहमतिको सम्भावना

सौराहा, १२ मङ्सिर । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा गरिएको छ । बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई… पुरा पढौ

कारोनाको जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, १२ मङ्सिर । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको… पुरा पढौ

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई

सौराहा, १२ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ । अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५, २५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नेछन् । एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लष्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी उक्त प्रस्ताव गर्ने बताए। तर सो प्रस्तावलाई उपाध्यक्ष डा… पुरा पढौ

नयाँ कोभिड-१९ स्ट्रेन ‘ओमिक्रोन’ देखिनु ‘चिन्ताजनक : डब्ल्यूएचओ

जेनेभा, ११मङ्सिर । विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड-१९ संस्करणB.1.1.529 लाई ओमिक्रोन'Omicron' नाम दिएको छ। "कोरोनाभाइरस B.1.1.529 को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो। यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन्। वि.स्वा. संले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिदै उक्त टिप्पणी गरेको… पुरा पढौ

एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा

सौराहा, ११ मङ्सिर । नेकपा ९एमाले० को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् । उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनैपर्छ भन्दै नारा लगाइरहेका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व… पुरा पढौ

एनआईसी एशिया बैंकले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं, ११ मंसिर । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय सूचना सुरक्षा प्रत्याभूति गराउने तथा आईएसओ बाट मान्यता प्राप्त आइएसओ २७००१ः २०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । आईएसओ २७००१ मापदण्ड अनुसार बैंकले ग्राहकको व्यक्तिगत विवरण र अन्य जानकारीहरुको सुरक्षाका लागि निरन्तर सुधार गर्ने अठोट व्यक्त र विवरणहरुको सुरक्षाका लागि प्रतिवद्धता जनाएपछि बैंकलाई क्वालिटि अष्ट्रियासंग आवद्ध सर्टिफिकेसन इन्फरमेशन इण्ड सेक्यूरिटि सर्भिसेज जीएमबीएचले प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो । बैंकका अनुसार यो उपलब्धिले आउने दिनहरुमा अँझ बैंकिङ प्रणालीमा सुरक्षा प्रत्याभूति हुने र ग्राहकको… पुरा पढौ

राष्ट्र बैंकद्वारा १ खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह

काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत रु एक खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको छ । यस्तै स्थायी तरलता सुविधामार्फत रु आठ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनीरहेका छन् । गत कात्तिक… पुरा पढौ

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, ११ मङ्सिर । प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु गरेको हो । हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताए। “विदेशमा आर्जेको सीप, पूँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो”, उनले भने, “बाध्यताले अवसरको खोजीमा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत्… पुरा पढौ

एमाले केन्द्रीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने, विधान संशोधन प्रस्ताव पेश गरिदैं

भरतपुर, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा गएराति अबेर सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ । दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरिएको छ । पैँतालिस सदस्यीय स्थायी समिति यथावत् रहेनछ । एमालेको आयोग २५ सदस्यीय हुने भएको… पुरा पढौ

चाँदी आयातमा कडाई गर्ने राष्ट्र बैंककाे सङ्केत

काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने कङ्केत गरेको हो । राष्ट्र बैंकले ड्राफ्ट/टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । यस्तै, विदेशी विनिमय सञ्चितिको विद्यमान अवस्थालाई ध्यान दिई तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिको… पुरा पढौ