मुख्य समाचार

‘साउथ एसिया ट्रेड फेयर २०२६’ बिहीबारदेखि काठमाडौंमा

काठमाडौं, १९ वैशाख । दक्षिण एसियाली क्षेत्रको उद्योग, व्यापार र सेवा क्षेत्रलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ ‘साउथ एसिया ट्रेड फेयर २०२६’ आगामी बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। मे ७ देखि ११ (वैशाख २४ देखि २८, २०८३) सम्म चल्ने यस अन्तर्राष्ट्रिय मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन्। लामो समयदेखि सुस्त रहेको नेपाली बजार र लगानीको वातावरणलाई यस मेलाले पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। सार्क मुलुकका सहभागीहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ भने व्यवसायीहरूमा पनि उत्साह देखिएको… पुरा पढौ

विकास कि बिचल्ली ? सुकुम्बासी बस्तीमा डोजर र संवैधानिक नैतिकताको कसी

काठमाडौं, १९ वैशाख । काठमाडौं महानगरपालिका लगायत देशका विभिन्न शहरी क्षेत्रमा यतिबेला 'डोजर अभियान' चर्चा र विवादको केन्द्रमा छ। सार्वजनिक जग्गा संरक्षण गर्ने राज्यको दायित्व र नागरिकको बाँच्न पाउने मौलिक हकबीचको टकरावले एउटा गम्भीर संवैधानिक र मानवीय प्रश्न उब्जाएको छ। यस विषयलाई विकास, कानुनी शासन र मानवअधिकारको त्रिकोणात्मक कोणबाट विश्लेषण गर्नु सान्दर्भिक देखिन्छ। १. संवैधानिक प्रत्याभूति र मौलिक हकको प्रश्न नेपालको संविधान (२०७२) ले नागरिकका आधारभूत अधिकारलाई धारा १६ देखि ४६ सम्म स्पष्ट रूपमा लिपिबद्ध गरेको छ। हालको डोजर अभियानले… पुरा पढौ

म्याग्दीमा महशिकार सुरु-पहिलो दिन ७० लिटर मह निकालियो

म्याग्दी, १९ वैशाख। म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिनुभयो । खोरीया नजिकैको महभिरमा रहेका दुई घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उहाँले बताउनुभयो । १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ । बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका… पुरा पढौ

चैत मसान्तसम्म रु १३ अर्बभन्दा बढी राजश्व संकलन

भद्रपुर (झापा), १९ वैशाख। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन… पुरा पढौ

गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान, सीप र संस्कृति संरक्षणको अनुभव

बन्दीपुर, १९ वैशाख। ‘बन्दिपुर’ मनमोहक कलात्मक नेवारी शैलीका जीवन्त घरको अद्वितीय वस्ति । क्षण क्षणमा प्रकृतिकले लुकामारी खेलिरहने अर्थात् रूप र रङ फेरिरहने अनुपमस्थल । कहिल्यै अध्यारो नहुँने, सदा चम्किरहने र हाँसिरहने ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य । काष्टकलाका परम्परागतसहित र केही आधुनिकता घरका बीचमा खाली गल्लि । ‘पहाडकी रानी’ उपमाले परिचित यही गल्लिामा विहीबार मुस्ताङको स्याङखोला थकाली सामुदायिक घरवास ‘होमस्टे’का सञ्चालकद्वय रुपना थकाली र आसिका थकालीलाई आफ्नो गाउँको बारेमा जानकारी गराउन भ्याइनभ्याई थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र… पुरा पढौ

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर (झापा), १८ वैशाख । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु १० अर्ब ७० करोड सात लाख १८ हजारबराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजारबराबरको अलैँची निर्यात भएको… पुरा पढौ

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं, १८ वैशाख। के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ ? ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि त्यसरी कागजपत्र लिनु रहरको विषय नहुन सक्छ । हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई यो झन्झट नहुने भएको छ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा सवारी चालकको अनुमतिपत्र, ब्लुबुक, चाबीलगायत कागजपत्र नियमन्त्रणमा लिनु कानुनविपरीत भएको ठहर… पुरा पढौ

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशतले सुधार

काठमाडौं, १८ वैशाख। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा ११.६९ प्रतिशतले वृद्धि भएको हो। वित्तीय सूचकको झलक गत आर्थिक वर्षको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा ३३ करोड ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। मुख्यगरी कम्पनीको आम्दानीमा भएको वृद्धिका कारण नाफामा यो सुधार देखिएको हो। कम्पनीको व्यवसाय विस्तारको… पुरा पढौ

राष्ट्रपतिद्वारा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

काठमाडौं, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राती साे अध्यादेश जारी गरेका हुन । राष्ट्रपतिले बिहीबार नै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । सरकारले अन्य ४ अध्यादेश स्वीकृत हुन बाँकी नै रहेका छन्। ती अध्यादेशहरुका बारेमा राष्ट्रपतिले संविधानविद्हरुसँग छलफलमा गरिरहेका छन् । जारी गरिएका अध्यादेशहरू सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३: विकास निर्माणका कार्यलाई गति दिन र खरिद प्रक्रियामा रहेका कानुनी जटिलता फुकाउन यो अध्यादेश ल्याइएको बुझिएको छ… पुरा पढौ

नेपाली स्वाद-मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट ‘करि हाउस’

मस्को (रसिया), १८ वैशाख। सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो । रुसी नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो । उनीहरु यो त हाम्रा लागि सबैभन्दा राम्रो मौसम हो, अन्य समयमा यहाँ घुँडासम्म हिँउ पर्नु सामान्य हो भन्दै थिए । यही चिसो मौसममा रिम्साय मेट्रो स्टेसन नजिकैको नेपाली रेष्टुरेन्ट ‘करि हाउस’मा नेपालीहरुको जमघट बाक्लो हुँदै थियो । ‘करी हाउस’ मस्कोमा अहिले सञ्चालन… पुरा पढौ