मुख्य समाचार

यस्ताे छ सामसङको ‘Remit मा Benefit’ अभियान

काठमाडौं, १८ वैशाख । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गर्दै “Remit मा Benefit Campaign” सुरु गरेको छ। विदेशमा रहेका नेपालीहरूको त्याग र मेहनतबाट आर्जित रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अवसरमा रूपान्तरण गर्ने उद्देश्यले यो अभियान ल्याइएको कम्पनीले जनाएको छ। यस पहल मार्फत सामसङले नेपालभर रहेका रेमिट्यान्स-आधारित परिवारहरूलाई अत्याधुनिक प्रविधि र प्रिमियम उत्पादनहरू सहजै उपलब्ध गराउने लक्ष्य राखेको छ। आकर्षक क्यासब्याक र किस्ता सुविधा अभियान अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा विशेष सुविधाहरू प्राप्त गर्नेछन्: क्यासब्याक: सामसङ… पुरा पढौ

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’ सञ्चालन

काठमाडौं, १८ वैशाख। नबिल बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै तीनधारास्थित केन्द्रीय कार्यालयमा 'नबिल नर्सिङ रुम' को सुरुवात गरेको छ। बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई कार्यालय समयमा सहज, सुरक्षित र मर्यादित रूपमा स्तनपान गराउने वातावरण मिलाउने उद्देश्यले उक्त कक्ष स्थापना गरिएको हो। आयोजित एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर नर्सिङ रुमको उद्घाटन गर्नुभयो। कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (CEO) मनोजकुमार ज्ञवाली, सञ्चालक समिति सदस्यहरू अनन्त पौड्याल, प्रविन टिबडेवाला र अनिल… पुरा पढौ

सहकारी क्षेत्रमा सरकारको ‘सर्जिकल स्ट्राइक’: नातेदारको परिभाषा फेरियो, साना बचतकर्तालाई राहत कोष

काठमाडौं, १८ वैशाख। मुलुकको सहकारी क्षेत्रमा उत्पन्न गम्भीर संकट समाधान गर्न र बचतकर्ताको अर्बौँ रुपैयाँ सुरक्षित गर्न सरकारले 'सहकारी ऐन, २०७४' लाई अध्यादेशमार्फत संशोधन गरेको छ। राष्ट्रपतिबाट जारी 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३' ले ठगी गर्ने सञ्चालकहरूमाथि कठोर निगरानी राख्दै पीडित बचतकर्तालाई राहत दिने नयाँ कानुनी मार्ग प्रशस्त गरेको छ। sahakariDownload १. नातेदारको परिभाषामा 'ज्वाइँ' देखि 'साली' सम्म: अब सम्पत्ति लुकाउन असम्भव सहकारी सञ्चालकहरूले आफ्ना टाढाका नातेदारको नाममा ऋण प्रवाह गरी रकम अपचलन गर्ने प्रवृत्तिलाई रोक्न सरकारले 'नातेदार' को परिभाषा… पुरा पढौ

नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा

काठमाडौं, १८ वैशाख । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सम्पन्न भएको छ । अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेषसत्र आयोजना गरिएको थियो, जहाँ नेपालको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर)को अवस्था, उपलब्धि र चुनौतीबारे छलफल गरिएको महिला, कानुन र विकास मञ्चले जनाएको छ । नेपालसम्बन्धी उक्त विशेषसत्र मञ्च, ओरेक नेपाल र वन हर्ट वल्र्ड वाइडको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । सत्रमा नेपालमा प्रजनन स्वास्थ्य अधिकारको कानुनी… पुरा पढौ

पेट्रोल र डिजेल सस्तियो, ग्यास र हवाई इन्धन महँगियो

काठमाडौं, १८ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगमको नयाँ निर्णयअनुसार उपभोक्ताले अब पेट्रोल र डिजेलमा राहत पाउनेछन् भने भान्छा र हवाई यात्रा थप महँगो हुने देखिएको छ। के मा कति घट्यो/बढ्यो? निगमद्वारा जारी विज्ञप्तिअनुसार इन्धनको नयाँ दररेट यस प्रकार छ: पेट्रोल: प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। डिजेल र मट्टितेल: प्रतिलिटर १२… पुरा पढौ

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं, १८ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा कायम… पुरा पढौ

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

काठमाडौं, १८ वैशाख । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्… पुरा पढौ

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं, १८ वैशाख । मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल नेपालले पछिल्ला वर्षहरूमा नीतिगत, संस्थागत र संरचनागत क्षेत्रमा परिणाम देखिनेगरी फड्को मारेको छ । सशस्त्र प्रहरी बलका १२औँ सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चारवर्षे कार्यकालमा नीतिगत सुधार, सीमा सुरक्षा व्यवस्थापन, आन्तरिक सुरक्षा, मानव स्रोत विकास र विपद् प्रतिकार्यका क्षेत्रमा असरदार नतिजा हासिल गरेको छ । सीमा सुक्षाको प्रमुख जिम्मेवारी वहन गर्दै आएको सशस्त्र प्रहरीले सीमा सुरक्षा विभागको पुनस्र्थापना… पुरा पढौ

रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले

काठमाडौं, १७ वैशाख। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको नीतिगत छलफलमा अर्थमन्त्री वाग्लेले पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट ल्याइने स्पष्ट पार्नुभयो । उहाँले परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याइने बताउनुभयो । बजेटबारे आम नागरिकमा रहेको अतिरञ्जना र भ्रमप्रति टिप्पणी गर्दै उहाँले बजेटलाई सरकारको आय–व्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँका… पुरा पढौ