मुख्य समाचार

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा, २० वैशाख। नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रारूपमा सुरु भएको छ । यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ । कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायतका नागरिकसमेत मानसरोवर यात्रामा सहभागी भएका छन् । गत वर्ष रसुवागढी नाका भएर ११ हजार ३८१ तीर्थयात्री मानसरोवर, कैलाश गएको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाएको छ । यात्रु आगमन बढेसँगै भिसा शुल्कबाट… पुरा पढौ

सरकार निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रतिबद्ध छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं, २० वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपाल अब आर्थिक रूपान्तरणको 'प्रस्थान बिन्दु' मा उभिएको विश्लेषण गर्नुभयो। उहाँले आर्थिक प्रस्थान बिन्दु र लक्ष्य सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको स्मरण गराउँदै मन्त्री वाग्लेले हाल नेपाल पनि सोही बिन्दुमा रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी सात वर्षभित्र नेपालको आर्थिक स्वरूप बदल्ने महत्वाकांक्षी लक्ष्यसमेत… पुरा पढौ

चिलिमे हाइड्रोको नाफा घट्याे, लगानीबाट हुने आम्दानी बढ्यो

काठमाडौं, २० वैशाख । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य गिरावट आउँदा खुद नाफामा पनि संकुचन देखिएको छ। आम्दानी र नाफाको घटबढ कम्पनीले यस आर्थिक वर्षको चैत मसान्तसम्म विद्युत बिक्रीबाट ८२ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ०.१५ प्रतिशतले कमी हो। त्यस्तै, कम्पनीको खुद नाफामा पनि गिरावट आएको छ। गत वर्षको तेस्रो… पुरा पढौ

चैत मसान्तसम्म १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), २० वैशाख। चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा रु सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु… पुरा पढौ

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

मन्थली (रामेछाप), २० वैशाख। रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गर्नुभएकी उहाँलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थाल्नु भएको हो । “अरुले गरेको कृषि तथा पशुपालनप्रति आकषर््िात भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ”, केसीले भन्नुभयो । बाख्रापालनका लागि अहिले उहाँले गाउँमा करिब रु २० लाख खर्च… पुरा पढौ

यस्ताे छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २० वैशाख। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा कायम… पुरा पढौ

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं, २० वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ ।” प्रेस… पुरा पढौ

आज विश्व प्रेस स्वतन्त्रता दिवस: ‘सत्यको पक्षमा निर्भीक कलम’ को संकल्प

काठमाडौं, २० वैशाख । "भविष्यको अधिकार निर्माण: अन्य सबै मानव अधिकारको संवाहकका रूपमा अभिव्यक्ति स्वतन्त्रता" भन्ने मूल मर्मका साथ आज नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ तारिखमा यो दिवस मनाउने गरिएको हो। १. प्रेस स्वतन्त्रताको वर्तमान अवस्था पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिताको दायरा फराकिलो भए पनि सुरक्षाका चुनौतीहरू थपिएका छन्। मिथ्या सूचना (Fake News) को बिगबिगी र डिजिटल निगरानीले स्वतन्त्र पत्रकारितालाई कठिन बनाउँदै लगेको छ। चुनौती:… पुरा पढौ

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २० वैशाख। आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ ।… पुरा पढौ

दश बुँदे घोषणापत्र जारी गर्दै ‘बन्दीपुर गाउँ पर्यटन मार्ट सम्पन्न

गण्डकी, १९ वैशाख। पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सञ्चालित ‘गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा शुक्रबारदेखि मार्ट सुरु भएको थियो । ‘समृद्ध गाउँ, सशक्त पर्यटन’ को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित १० बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले जानकारी दिनुुभयो । घोषणापत्रमा गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको… पुरा पढौ