मुख्य समाचार

नारायणगढ-बुटवल सडक विस्तार : सडक सुरक्षाको काम जारी

त्रिवेणी (नवलपरासी), १६ वैशाख। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १६ वैशाख। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा कायम… पुरा पढौ

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको प्राथमिकतामा

काठमाडौं, १६ वैशाख। सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पु¥याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन निर्माणमा देखिएको रुख कटानको समस्या समााधान गर्ने, मुआब्जा वितरणमा देखिएको जटिलता फुकाउने तथा लगानीको विविधकरण गर्ने कार्यक्रम निर्धारण गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले… पुरा पढौ

सभामुख अर्यालसँग चिनियाँ राजदूतबीच शिष्टाचार भेट, ‘एक चीन नीति’प्रति नेपाल पूर्ण प्रतिबद्ध

काठमाडौं, १५ वैशाख। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो । भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ । उहाँले ‘एक चीन नीति’प्रति नेपालको पूर्ण प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विषयमा सरकार… पुरा पढौ

घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं, १५ वैशाख। सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत पहिलो चरणमा राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा उल्लेखनीय प्रगति देखिएको छ । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार पछिल्लो एक महिनामा सेवा प्रवाहलाई नागरिकसम्म पुर्‍याउने दिशामा ठोस उपलब्धि हासिल भएका छन् । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हाल १४ जिल्लाबाट सुरु गरिएको छ र मङ्गलबारसम्ममा ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको विभागले जनाएको छ । गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट,… पुरा पढौ

विकास बैंकको नाफामा उत्साहजनक सुधार: गरिमा पहिलो, लुम्बिनीको १०२८ प्रतिशतको ‘छलाङ’

काठमाडौं, १५ वैशाख। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका आठ राष्ट्रियस्तरका विकास बैंकहरूले कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो। गत वर्ष चैत मसान्तसम्म यी बैंकहरूले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए। प्रमुख… पुरा पढौ

नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि

काठमाडौं, १६ बैशाख । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ठूलो गिरावट देखिएको छ। अघिल्लो दिन सामान्य बढेर बन्द भएको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो। मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा झरेको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि २.१४ अंकले ओरालो लागेको छ। फ्लोट इण्डेक्समा १.५३ र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.८३ अंकको गिरावट दर्ता भएको छ। कारोबार रकममा सुधार बजार परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। सोमबार ४ अर्ब… पुरा पढौ

गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चकाे आदेश

काठमाडौं, १५ वैशाख। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौँलाई सो आदेश गरेको हो । व्यवसायी गोल्छाका तर्फबाट उहाँकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त… पुरा पढौ

घरजग्गा व्यवसायमा हदबन्दी हटाउन व्यवसायीको माग, २५ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी

चितवन, १५ बैशाख । नेपालका रियल इस्टेट व्यवसायीहरूले घरजग्गा कारोबारमा लगाइएको जग्गाको हदबन्दी हटाउन सरकारसँग माग गरेका छन्। चितवनको भरतपुरमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको चौचौ महासभाले 'भरतपुर घोषणापत्र २०८३' जारी गर्दै यस्तो माग राखेको हो। महासभाले वैशाख १२ गते देशभरका करिब ३०० व्यवसायीहरूको उपस्थितिमा रियल इस्टेट क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन २५ बुँदे साझा संकल्प पारित गरेको छ। हदबन्दी मुख्य बाधक: व्यवसायी व्यवसायीहरूको मुख्य माग जग्गाको हदबन्दीसँग जोडिएको छ। हालको व्यवस्थाअनुसार सरकारले व्यवसायीलाई हदबन्दीभन्दा बढी जग्गा… पुरा पढौ

नेपाल ब्यवस्थापन संघद्धारा २०८३/८४ को बजेटपूर्व छलफल

काठमाडौं, १५ वैशाख । नेपाल ब्यवस्थापन संघद्धारा २०८३/८४ को बजेटपूूर्ण छलफल कार्यक्रम आयोजना गरेको छ । बजेटपूर्व छलफलः 'समृद्धिको मार्ग' नाम दिईएको उक्त छलफल कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा. सञ्जय आचार्य रहनु भएकाे थियो । कार्यक्रममा पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल ब्यवस्थापन संघका पूर्वअध्यक्ष तथा पूर्व अर्थमन्त्रि डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल र बरिष्ठ… पुरा पढौ