मुख्य समाचार

सिद्धार्थ बैंकको खुद नाफा खुद नाफा २ अर्ब माथि

काठमाडौं, १५ वैशाख। सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) मा उत्साहजनक वृद्धि देखिएको छ। नाफा र सञ्चालन आम्दानी चालु आर्थिक वर्षको पहिलो ९ महिना (चैत मसान्त) सम्ममा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। गत वर्ष बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा… पुरा पढौ

माछापुच्छ्रे बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबैमा बृद्धि

काठमाडौं, १५ वैशाख । माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले आफ्नो खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) मा उल्लेख्य सुधार गर्न सफल भएको छ। नाफामा ५०.४३ प्रतिशतको फड्को चालु आर्थिक वर्षको पहिलो ९ महिना (चैत मसान्त) सम्ममा बैंकले १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको (१ अर्ब १० करोड २६ लाख रुपैयाँ) तुलनामा ५०.४३ प्रतिशतले… पुरा पढौ

नबिल बैंकको नाफा उच्च, ९ महिनामा ६ अर्ब ७६ करोड आर्जन

काठमाडौं, १५ वैशाख । निजी क्षेत्रको अग्रणी बैंक, नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले पछिल्लो ९ महिनामा आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै साढे ६ अर्ब रुपैयाँ माथिको नेट प्रोफिट कमाएको छ। प्रमुख वित्तीय सूचकहरू: एक झलक सूचकचालु आर्थिक वर्ष (९ महिना)गत आर्थिक वर्ष (सोही अवधि)परिवर्तन (%)खुद नाफारु ६ अर्ब ७६ करोड ४६ लाखरु ५ अर्ब ५ करोड १४ लाख+३३.९२%प्रतिशेयर आम्दानी (EPS)रु ३३.०२रु २५.०५+३१.८१%वितरणयोग्य मुनाफारु ४ अर्ब ३७… पुरा पढौ

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं, १५ वैशाख। आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गतेअगावै विद्यार्थी भर्ना भइसकेको छ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य… पुरा पढौ

वीरगञ्ज नाका हुँदै ३ अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा), १५ वैशाख। चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको बताउनुभयो । गत आवको नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको थियो… पुरा पढौ

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छः संयोजक शाह

काठमाडौं, १५ वैशाख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइहरुमा कुनै आशङ्का नगर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा संयोजक शाहले पछिल्लो समयमा बाहिर आइरहेको यो भ्रमलाई चिर्दै सबै राजनीतिक दल तथा सरोकारवालाहरुसँगको बृहत् परामर्शबाट नै संविधान संशोधन हुने स्पष्ट गर्नुभएको हो । उहाँले सरकारको १०० दिने कार्ययोजनाअनुरूप नै संविधान संशोधनका लागि बहसपत्र तयार… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १५ वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा,… पुरा पढौ

सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीको आवश्यकतामा जोड

काठमाडौं, १५ वैशाख। नेपालमा सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणाली सञ्चालन गर्नसके विद्युत्मा लाग्ने लागत घटाउन सकिने र खानेपानीमा दिगोपना आउने विषयमा सरोकार भएकाहरूले जोड दिएका छन् । सोमबार राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रद्वारा आयोजित ‘सौर्य ऊर्जा पम्पिङ खानेपानी प्रणालीसम्बन्धी छलफल’ कार्यक्रमका सहभागीले विद्युत् आपूर्ति नियमित नहुने र दुर्गम क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तारको सीमितताजस्ता कारणले सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीको आवश्यकतामा जोड दिएका हुन् । संशोधनका क्रममा रहेको राष्ट्रिय खानेपानी डिजाइन निर्देशिकामा समेट्नुपर्ने… पुरा पढौ

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

काठमाडौं, १५ वैशाख। पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै… पुरा पढौ

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौं, १४ वैशाख । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वित्तिकै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो दस्तावेज तयार पार्ने निर्णय गर्नुभएको थियो । मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ । सरकारले सार्वजनिक गरेको स्थितिपत्रलाई आगामी आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका… पुरा पढौ