मुख्य समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

काठमाडौं, १७ वैशाख। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो… पुरा पढौ

एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड

काठमाडौं, १६ वैशाख। नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी समग्र उद्योग–व्यवसाय क्षेत्र सुधारका लागि विस्तृत सुझाव प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतको उपस्थिति रहेको उक्त भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै वर्तमान चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रसँग सहकार्य गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यवसायीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो । सो अवसरमा मन्त्री यादवले नेपाल चेम्बर अफ कमर्सले… पुरा पढौ

‘माथिल्लो म्याग्दी’ जलविद्युत्काे ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी, १६ वैशाख। म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तरण रूपमा तीव्रता दिएको हो । विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिनुभयो । “सुरुङसहितका भूमिगत… पुरा पढौ

नेप्सेमा २५ अङ्कको गिरावट, करिब ५ अर्बकाे काराेबार

काठमाडौं, १६ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अङ्कले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो । आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा रु चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ । आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड… पुरा पढौ

सेबोनद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव आह्वान

काठमाडौं, १६ वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवाला र सर्वसाधारणसँग राय–सुझाव माग गरेको छ। बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले बुधबार एक सूचना जारी गर्दै बजारको व्यवस्थित र प्रभावकारी विकासका लागि रचनात्मक एवं कार्यान्वयनयोग्य सुझाव पठाउन अनुरोध गरेको हो। h2iBVyGgvQilTkOlM0VlRjXFtOD8muzGIuUn4kU9Download मुख्य जानकारीहरू: सुझाव दिने अन्तिम मिति: २०८३ जेठ १५ गतेसम्म। पठाउने माध्यम: बोर्डको आधिकारिक इमेल research@sebon.gov.np मा। को-कसले दिन पाउने: सरोकारवाला निकाय,… पुरा पढौ

चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीनबीच ११ अर्बको सम्झौता

काठमाडौं, १६ वैशाख । काठमाडौं चक्रपथ विस्तार आयोजनाको दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडक निर्माणका लागि नेपाल सरकार र चीन सरकारबीच औपचारिक सम्झौता भएको छ। बुधबार आयोजित एक विशेष समारोहमा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौताका मुख्य बुँदाहरू: विस्तार खण्ड: कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक। चिनियाँ अनुदान: परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ उपलब्ध गराउने। पूर्वाधार: सडक विस्तारसँगै आवश्यक पुलहरूको निर्माण समेत चीनकै… पुरा पढौ

मौसमको प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

काठमाडौं, १६ वैशाख। मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ । विभागले मौसममा आएको फेरबदलले मुलुकको विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि किसानले खेतमा काटेर राखेका गहुँमा क्षति हुने जोखिम उच्च रहेकाले त्यसको न्यूनीकरणका लागि गहुँको उत्पादनलाई घरमा लगेर भण्डारण गर्न आग्रह गरेको हो । विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्यान्नका लागि प्रयोग गरिने गहुँ भण्डारणमा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा ४–५ इन्च जति छहारीमा सुकाएको सुकिलो नीम, बकाइनो र तितेपातीजस्ता बोटबिरुवाको पात… पुरा पढौ

नौ महिनामा २६ अर्ब बढीकाे सवारीसाधन र पार्टपुर्जा भित्रियो

वीरगञ्ज (पर्सा), १६ वैशाख । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने रु १९ अर्ब १९ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा सवारीसाधन र सोमा प्रयोग… पुरा पढौ

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं, १६ वैशाख। बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ४० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। राष्ट्र बैंकले 'निक्षेप संकलन उपकरण' प्रयोग गरी उक्त रकम प्रशोचन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे अनलाइनमार्फत बोलकबोल हुने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ। बोलकबोलका मुख्य सर्त र प्रक्रिया बैंक तथा वित्तीय संस्थाहरूले यो उपकरणमा सहभागी हुन निम्न मापदण्ड पालना गर्नुपर्नेछ: सहभागी हुन पाउने: 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू… पुरा पढौ

यूनाइटेड अजोडकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं, १६ वैशाख। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले गत चैत २६ गतेदेखि बिक्री खुला गरेको १० प्रतिशत हकप्रद शेयरमा अब लगानीकर्ताले आगामी वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्। निष्काशन विवरण इन्स्योरेन्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता (१:०.१) को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ। यसबाट कम्पनीले… पुरा पढौ