मुख्य समाचार

वैशाख १ गते सराङकोटमा ‘भेगन खाना फिस्ट’- केबलकार टिकटमा २५ प्रतिशत छुट

काठमाडौं, २९ चैत । नयाँ वर्ष २०८३ को पावन अवसरमा पोखराको सराङकोटस्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेशनमा २०८३ साल वैशाख १ गते आयोजना हुन लागेको 'भेगन खाना फिस्ट' एक नवीन र सह्नानीय प्रयासकाे रुपमा हेरिएकाे छ। यसैकाे तयारीकाे लागि भएकाे छलफलमा पाेखराका पाेइनर पर्यटन व्यवसायी र हस्पिटालिटि क्षेत्रका विज्ञहरुले पर्यटनलाई सबै क्षेत्रमा चलायमान बनाउन यस्ताे कार्य काेशेढुँगा सावित हुने नेतृत्वकर्ता NTHMC कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताउनु भयाे । उहाँले भन्नुभयाे, 'फिष्टमा एनटिएचएमसीकाे एक्सक्लुसिभ भेगन खानाकाे स्टल रहने भएकाे छ ।' याे… पुरा पढौ

आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौं, २९ चैत। ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदै छ । आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदै छ । यस अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ । साथै देशका विभिन्न भागमा वृक्षारोपण, चेतनामूलक कार्यक्रम, जडीबुटी प्रदर्शनी तथा कृषक अभिमुखीकरण कार्यक्रम गरिने जनाइएको छ । वनस्पति दिवसले जैविक विविधताको संरक्षण, हरियाली प्रवर्द्धन… पुरा पढौ

एक वर्षमा ७ हजार ६४८ विपद्का घटना-बढी आगलागीका

काठमाडौं, २९ चैत। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ । आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्याङ्कले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन… पुरा पढौ

आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै

काठमाडौं, २९ चैत। मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो प्रविधिका माध्यमबाट विकास लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्न जोड दिएको छ । सन् १९६१ अप्रिल… पुरा पढौ

‘कर्णाली उत्सवः कुडा कर्नाली’ सुरु

कर्णाली, २९ चैत। ‘कर्णाली उत्सवः कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन सुर्खेतले आयोजना गरेको हो । कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले कर्णालीको समग्र सवालको उठान गरी यहाँको विकास र समृद्धिमा सघाउने विशेष मञ्चका रूपमा उत्सव सञ्चालन गर्न लागिएको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सीमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माणका… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २९ चैत। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ एक पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ… पुरा पढौ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २९ चैत। दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह… पुरा पढौ

आज केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं, २९ चैत हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका… पुरा पढौ

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया निर्वाचित

काठमाडौं, २८ चैत । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया निर्वाचित हुनुभएको छ । आज सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । यसैगरी, प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट, सचिवमा सुरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ । विसं २०५४ सालमा नेपालको ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि स्थापना भएको भिटोफ नेपालले हालसम्म देशभरका ३२ वटा गाउँमा सामुदायिक होमस्टे मार्फत पर्यटनको विकासमा… पुरा पढौ

महासंघको ६० औं वार्षिक साधारण सभा एवं निर्वाचन वैशाख २१ र २२ गते हुने

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनका लागि नयाँ मिति ताेकिएकाे छ। उच्च अदालत पाटनले दिएकाे अन्तरिम आदेशपछि स्थगित भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन अब नयाँ वर्ष २०८३ वैशाख २१ र २२ गते हुने भएकाे छ । महासंघको पदाधिकारी बैठकले नयाँ मिति तोकेको जनाएको छ। बैठकको निर्णय अनुमोदन गर्नका लागि वैशाख ९ गते केन्द्रीय समितिको बैठक बोलाइएको महासंघले सूचना मार्फत जानकारी गराएकाे छ। यसअघि महासंघको साधारण सभा तथा निर्वाचन चैत २९ र ३०… पुरा पढौ