मुख्य समाचार

यस्तो छ आज तय भएको विदेशी मुद्राको भाउ

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा… पुरा पढौ

पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढ्याे

काठमाडौं, २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्यवृद्धि गरेको हो । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि… पुरा पढौ

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल (इलाम), २७ चैत । स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो । अघिल्ला वर्षहरूमा इलाम नगरपालिकाका तर्फबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमी छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उहाँले जानकारी… पुरा पढौ

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरु रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोईराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरुद्ध मुद्दा दायर… पुरा पढौ

एनएमबि लघुवित्तको तेह्राैं वार्षिक साधारण सभा सम्पन्न

पोखरा, २६ चैत । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा यहि चैत २५ गते पोखरामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्ण दत्त भट्टराईले पेश गर्नु भएको आ.व. २०८१-०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो । सभामा आफ्नाे भनाइ राख्दै संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत सजल खड्काले लघुवित्तका लागि विगतका बर्षहरु चुनौतीपूर्ण रहेता पनि पछिल्लो समय केही सहज बन्दै गएकोले आगामी दिनमा यस क्षेत्रको ब्यवसाय सकरात्मक दिशातर्फ अगाडी बढ्ने बिश्वास… पुरा पढौ

नेप्सेमा ४८.७१ अंककाे बृद्धि, करिब १० अर्बकाे काराेबार

काठमाडौं, २६ चैत। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो । आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । छवटा कम्पनीको शेयर… पुरा पढौ

करिब २९ लाख ‘लाइसेन्स’ असार मसान्तसम्म छापिने

काठमाडौं, २६ चैत। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । उहाँले ‘लाइसेन्स’ छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख ‘लाइसेन्स’लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख ‘लाइसेन्स’ छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख… पुरा पढौ

‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने

काठमाडौं, २६ चैत। नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा नियमित शुल्क भुक्तानी गरी डेटा सुविधा प्रयोग गरिरहेकामा अब प्याकेज खरिद गरेका ग्राहकरुले आफैँले ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्नसक्ने व्यवस्था गरेको छ । प्याकेजमा आधारित विभिन्न सुविधा लिएका ग्राहकले प्याकेज समाप्ति पछि पनि सेवा निरन्तरता हुने वा सेवा बन्द हुने भन्नेसम्बन्धी छनोट गर्ने अवस्थालाई ‘पे–जी’ सुविधा भनिन्छ । अबदेखि ग्राहकले आफ्नो चाहनाअनुसार सो सुविधा सक्रिय वा निष्क्रिय पार्न सक्ने टेलिकमले जनाएको छ । यसका लागि… पुरा पढौ

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहनुहुने भएको छ । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहनुभएका उहाँ आज रिहा हुनुभएको हो । उहाँ पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको… पुरा पढौ

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर खुला

काठमाडौं, २६ चैत । नाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । इन्स्योरेन्सले हाल कायम रहेकाे चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गरेकाे हो। इन्स्योरेन्सले १०० कित्ता बराबर नयाँ १० कित्ता रेसियाेमा हकप्रद निष्काशन गरेकाे हो। जुसअनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा २३ लाख १० हजार कित्ता हकप्रद निष्काशन गरेकाे छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि फागुन १७ गते बुकक्लोज गरेको थियो। फागुन १४ गतेसम्म नेप्सेमा शेयर… पुरा पढौ