मुख्य समाचार

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौं, २५ चैत । दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान नाराका साथ’ भन्ने रहेको छ । स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्त्वपूर्ण कार्यक्रम हो । नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन सामाजिक स्वास्थ्य बीमाका आधारमा… पुरा पढौ

कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २५ चैत । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि निष्काशन गरेकाे शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर बाँडफाँटपछि सर्वसाधारणका आईपीओ खुलाएकाे हाे । कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनकेा अनुमति पाएकोमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । ८२ हजार ५०० कित्ता विदेशमा रोजगार गरी रहेका… पुरा पढौ

आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्‍ याउन चुनौती

काठमाडौं, २५ चैत । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको छ । सिँचाइको संस्थागत विकासका क्रममा नहर विभाग, सिँचाइ तथा खानेपानी विभाग, सिँचाइ तथा जलवायु विज्ञान विभाग हुँदै २०४४ सालमा सिँचाइ विभागमा रुपान्तरण भएको थियो… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकले आज ( बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३… पुरा पढौ

तीन फर्मलाई जरिवाना

काठमाडौं, २५ चैत। नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ । गोंगबुमा रहेको गुप्ता गुदपाक भण्डारलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ ।… पुरा पढौ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, २५ चैत। सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नुहुनेछ । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव दिनमा गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र… पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव-बदली र वर्षाको सम्भावना

काठमाडौं, २५ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी,… पुरा पढौ

सरकारी विज्ञापनमा विभेद भएको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलित, चैत २५ बाट दबाब अभियान

काठमाडौं, २४ चैत । सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग र स्थानीय तहलाई जारी गरेको सो परिपत्र फिर्ता लिन महासंघले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेपछि पहिलो चरणको दबाबमूलक कार्यक्रम सार्वजनिक गरिएको हो। महासंघले सरकारको यो कदम निजी सञ्चारमाध्यम र स्वतन्त्र पत्रकारिताको हितविरुद्ध रहेको ठहर गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई भेटी… पुरा पढौ

नेप्से सामान्य अंकले घट्याे, ६ अर्ब ७३ कराेडकाे काराेबार

काठमाडौं, २४ चैत । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा सामान्य अंककाे गिरावट भएकाे छ । काराेबार रकम भने घटेकाे छ। साेमबार ८३ अंकले बढेर बन्द भएको नेप्सेमा यसदिन सामान्य अंककाे गिरावट भएकाे हो। नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.२७ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले घटेको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि निकै घटेको छ। सोमबार करिब ११ अर्बकाे शेयर काराेबार… पुरा पढौ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं, २४ चैत। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डोटी निवासी डा. भट्टलाई योजना आयोगको रिक्त नेतृत्व सुम्पने निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अन्य महत्त्वपूर्ण नियुक्ति र आर्थिक सहुलियतका प्याकेजहरू समेत घोषणा गर्नुभएको छ। प्रमुख नियुक्तिहरू सरकारले नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नर पदमध्ये एकमा बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेको उक्त पदमा पण्डितको… पुरा पढौ