काठमाडौं, ५ असोज । देशभर लकडाउन भएसंगै बन्द रहेको आन्तरिक हवाई उडान ६ महिनापछि आज असाेज ५ गतेबाट शुरु भएको छ । हवाई कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेका स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डलाई अपनाएर सेवा सञ्चालन गर्ने बताएका छन् । बुद्ध एयरले आज राजविराज बाहेक साविकका सबै क्षेत्रमा उडान गर्न लागेको बताएको छ । कम्पनीले बिहान काठमाडौं पोखरा उडान गरेको छ । वुद्ध एयर काठमाडौं एयरपोर्ट कार्यालयका अफिसर पंकज केसीले राजविराज बाहेक पोखरा काठमाडौं, धनगढी, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुर, भद्रपुर,…
पुरा पढौ