मुख्य समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, १ फागुन। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी… पुरा पढौ

विश्व रेडियो दिवस आज मनाइँदै

काठमाडौं, १ फागुन। आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन( युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोले पाँचै महादेशमा ‘डिजिटल’ प्रसारणमार्फत शैक्षिक सामग्री स्रोतासमक्ष प्रस्तुत गर्ने बताएको छ । युनेस्कोका अनुसार सञ्चार माध्यमका… पुरा पढौ

विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक

काठमाडौं, २९ माघ। विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो । उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ । ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्याङ्कलाई एकीकृत र सहज रुपमा प्राप्त गर्न सकिनेछ । विश्व बैंकका अनुसार ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहको आम्दानी, खर्च र वित्तीय व्यवस्थापनसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुनेछ । उक्त तथ्याङ्कलाई विभिन्न कोणबाट विश्लेषण… पुरा पढौ

चार दिनपछि नेप्सेमा ८.९७ अंककाे बृद्धि, कारोबार पनि बढ्याे

काठमाडौं, २९ माघ । साताकाे शेयर काराेबार हुने अन्तिम दिन शुक्रबार नेप्से उकालाे लागेकाे छ । चारदिन पछि नेप्से उकालाे लागेकाे हाे । यसले लगानीकर्ताहरु उत्साहि भएका छन् । नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा चढेकाे छ। सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.८५ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले बढेको नेप्सेले जनाएकाे छ। यसदिन काराेबार रकममा पनि बृद्नेध भएकाे छ । बुधबार ८ अर्ब ६९ करोड रुपैयाँबराबरको काराेबार भएकाे थियाे । शुक्रबार ३३७ कम्पनीहरुकाे… पुरा पढौ

दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख, २९ माघ। दैलेखकाे भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो । यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो… पुरा पढौ

एकमहिनापछि दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, २९ माघ. म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि पुल निर्माण सुुरु नभएपछि आन्दोलनमा उत्रिएका धवलागिरि गाउँपालिकाका बासिन्दाले गत पुस २५ गतेदेखि आयोजना निर्माण बन्द गराएका थिए । स्थानीयवासीको माग अनुसार चालु… पुरा पढौ

हाथवे इन्भेष्टमेन्टको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

काठमाडौं, २९ माघ। हाथवे इन्भेष्टमेन्ट नेपालकाे नाफा बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे । कम्पनीले १ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। जाे नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३०.३१ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो। सञ्चालन आम्दानी ७४.७४ प्रतिशतले बढेको छ । कुल आम्दानी ७६.१७ प्रतिशतले बढेको छ ने कुल खर्च… पुरा पढौ

यसकारण शिखर इन्स्योरेन्स करिब साढे ४ कराेड नोक्सानीमा

काठमाडौं, २९ माघ । दाबी भुक्तानी बढेको कारण शिखर इन्स्योरेन्सले नोक्सानी व्यहोरेको छ। कम्पनीकाे गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त नोक्सानी व्यहोरेको हाे । चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हाे । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ७३ लाख रुपैयाँ नाफा गरेकाे थियो। गत भदाैमा भएकाे जेनजी आन्दोलनमा भएको क्षतिकाे दाबी भुक्तानी बढेपछि नोक्सानी व्यहोर्नु परेको वित्तीय विवरणमा उल्लेख गरिएकाे छ। इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २२.४१ प्रतिशतले… पुरा पढौ

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

काठमाडौं, २९ माघ। नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताउनुभएको हो । आजको विश्वव्यापी चुनौती र अनिश्चितताका बीचमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको भन्दै उहाँले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्य अत्यावश्यक भएको बताउनुभयो । सार्कका महासचिव गोलाम सरवारले सार्कले चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण… पुरा पढौ

यसकारण बन्दीपुर केबलकारको नोक्सानी घट्यो

काठमाडौं, २९ माघ। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडकाे नोक्सानी घटेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको हाे । गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीकाे २ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियाे । कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियाे । कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशतले बढेको छ । कुल आम्दानी ७८.४३ प्रतिशतले बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा… पुरा पढौ