मुख्य समाचार

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं, २५ मङ्सिर। त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो । आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी… पुरा पढौ

‘स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी हुनुपर्छ’

काठमाडौं, २४ मङ्सिर । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने बताए। अध्यक्ष थापाले गुणस्तर स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य बीमाको विकासबाट मात्र सम्भव रहेको बताए। उनले अहिले एक जना बिरामीले उपचार गरेबापत सयमा ५५ रूपैयाँ आफैँ खर्च गर्ने गरेको उल्लेख गर्दै बीमाबाट उपचारको… पुरा पढौ

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं, २४ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७–२९ गतेसम्म काठमाडौँमा हुन गइरहेको सन्दर्भमा आज सम्पादकहरूसँग अन्तरसंवाद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताए। उनले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणसहित विधि र प्रक्रियाका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्दछ भन्ने आम नेता तथा कार्यकर्ताको भावनलाई सम्मान गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको स्पष्ट गरे । वरिष्ठ… पुरा पढौ

नेप्सेमा करेक्सन, कारोबार ३ अर्ब ७३ करोडमा सिमित

काठमाडौं, २४ मङ्सिर । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । नेप्सेमा मंगलबार सामान्य अंककाे बृद्धि भएकाे थियो। अघिल्लाे दिनकाे लयलाई पछ्याउन नसक्दा यसदिन नेप्सेमा गिरावट भएकाे छ । नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९.०३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.५३ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ। बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयरकाे काराेबार भएकाेमा यसदिन… पुरा पढौ

अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता

काठमाडौं, २४ मङ्सिर। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो ३५ वर्षको अनुभवलाई प्राधिकरणको श्रीवृद्धिमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि आज रत्नपार्कस्थित प्रधानकार्यालयमा जिम्मेवारी सम्हाल्दै उनले ऊर्जा क्षेत्रको विकासमा आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार पारदर्शी र नतिजामुखी काम गर्ने दृढता व्यक्त गरे । “प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक एवं हालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मेराबीच ऊर्जा क्षेत्रको प्रवर्द्धनका सम्बन्धमा धेरै समानता छन् । ऊर्जा क्षेत्रमा चुनौती ठूला छन्,… पुरा पढौ

सामाजिक सुरक्षा योजनामा परिसङ्घले सहजीकरण गर्ने

काठमाडौं, २४ मङ्सिर। नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ । उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ परिसङ्घ र सामाजिक सुरक्षा कोषबीच सोसम्बन्धी समझदारी भएको छ । समझदारीअनुसार परिसङ्घले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउने र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्ने भएको छ । परिसङ्घका महानिर्देशक डा घनश्याम ओझा तथा कोष कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । कोषमा हालसम्म २२ हजार ४५३ रोजगारदाता सूचीकृत… पुरा पढौ

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

रातामाटा (दैलेख), २४ मङ्सिर। भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिनुभयो । पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहनुभएको थियो । छ वर्षीया छोरी उहाँकै अगाडि लुटपुटिरहेकी थिइन् । गर्भावस्थादेखि सुत्केरी नहुञ्जेलसम्म दुःख र पीडा भयो होला नि ? जिज्ञासा झर्न नपाउँदै उहाँले भन्नुभयो, “महिला, यसमाथि गर्भावस्था, यसमा सुत्केरी हुँदा नपाएको दुःख र कष्ठ कहिले पाउनु ? प्रसव पीडा बिना नयाँ सृष्टि कहाँ हुन्छ ?” जवाफ… पुरा पढौ

चिरख्वा हाइड्रोले डाक्याे एजिएम, हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं, २४ मङ्सिर। हकप्रद शेयर निष्काशनकाे प्रस्ताव अनुमाेदन गर्न चिरख्वा हाइड्रोपावरले पुस २३ गते साधारण सभा डाकेकाे छ । कम्पनीकाे सातौँ साधारण सभा कुण्डलिनी रोयल्स, जोरपाटी, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ । सभामा शतप्रतिशत, १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशनकाे विशेष प्रस्ताव अनुमाेदन हुनेछ। यसैकाे कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, उपयुक्त आयोजनामा लगानी गर्ने, ऋण भुक्तानी गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ। साधारण सभा प्रयोजनका… पुरा पढौ

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौं, २४ मङ्सिर। नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि त्रिविसँगको यस कार्यक्रम सन् २०२८ सम्म निरन्तर रुपमा सञ्चालन हुनेछ ।  नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत मुलुकभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन र सशक्तीकरण गर्ने उद्देश्यले विगत चार वर्षदेखि नबिल… पुरा पढौ

यस्तो छ आज ताेकिएको विदेशी मुद्राको भाउ

काठमाडौं, २४ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम… पुरा पढौ