मुख्य समाचार

नेप्सेमा ५०.४४ अंककाे बृद्धि, ७ अर्ब ३ कराेडकाे काराेबार

काठमाडौं, ८ मङ्सिर । साताको शेयर काराेबार हुने दाेस्रो दिन साेमबार नेपाली शेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसदिन पनि नेप्सेमा बृद्धि भएकाे छ । नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ७.८४ अंकले बढेको छ । फ्लोट इण्डेक्स ३.४६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंकले बढेको छ। साेमबार कारोबार रकममा पनि बृद्धि भएकाे छ। हिजाे ६ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन ३३० कम्पनीहरुकाे ७९ हजार ७१४ पटकको शेयर कारोबार हुँदा… पुरा पढौ

कूटनीति र पर्यटनको अन्तरसम्बन्ध (विचार)

काठमाडौं, ८ मङ्सिर । कुनै पनि देशले आफ्नो विकास गर्दा त्यसको भौगोलिक विशिष्टताका आधारमा गर्नुपर्छ । नेपालको भौगोलिक विशिष्टता भनेको प्रकृति र संस्कृति नै हो । प्रकृति र संस्कृतिको जगेर्ना गर्दै पर्यटक भित्र्याउन सकेमा आर्थिक विकास सम्भव छ । यसैले मुलुकको दिगो विकास हासिल गर्ने मुख्य क्षेत्र भनेकै पर्यटन हो । पर्यटन क्षेत्रको प्रवद्र्धनबाट फराकिलो आर्थिक वृद्धि, समावेशी विकास तथा वातावरणमा दिगोपना ल्याई जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्य स्थापित भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं… पुरा पढौ

वीरगञ्ज भन्सारद्वारा ४ महिनामा साढे अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ८ मङ्सिर। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व सङ्कलन उत्साहजनक देखिएको छैन । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार… पुरा पढौ

लाभांश पारित गर्न आइसिएफसि फाइनान्सले डाक्याे एजिएम

काठमाडौं, ८ मङ्सिर। आइसिएफसि फाइनान्सले लाभांश वितरणकाे प्रु्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश अनुमाेदन गर्न सभा बाेलाएकाे हाे। फाइनान्सकाे २२ औँ वार्षिक साधारण सभा मंसिर २९ गते, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ। सभाबाट १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित अनुमाेदन हुनेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन… पुरा पढौ

तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, ८ मङ्सिर। म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न… पुरा पढौ

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक-याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की, ८ मङ्सिर । मध्यपहाडी(पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ । यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी… पुरा पढौ

एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

काठमाडौं, ८ मङ्सिर। सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ पुगेका छन् । यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार एक सय ८९ बराबर पुगेको छ । कोषले हालसम्म रु १७ अर्ब ६४ करोड ८८… पुरा पढौ

कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई २ लाख जरिवानामा

काठमाडौं, ८ मङ्सिर। उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यसमा वस्तु तथा… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ८ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९… पुरा पढौ

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

काठमाडौं, ७ मङ्सिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवदेन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा… पुरा पढौ