मुख्य समाचार

यस्तो छ आज तोकिएको विदेशी मुद्राको भाउ

काठमाडौं, १३ कात्तिक। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा… पुरा पढौ

विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव

काठमाडौं, १३ कात्तिक । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली… पुरा पढौ

हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारका लागि सुरक्षाकर्मी पठाइयो

मुस्ताङ, १२ कात्तिक। मुस्ताङको हिडन भ्यालीमा गत ३ दिनदेखि अलपत्र परेका १५ पर्यटकको उद्धारका लागि सदरमुकाम जोमसोमवाट सुरक्षाकर्मीको टोली त्यसतर्फ पठाइएकाे छ । थासाङ गाउपालिका वडा नम्बर १ टुकुचे हिमालको ‘हिडन भ्याली’ मा गत सोमवारदेखि हिउमा फसेर अडकिएका ३ जना विदेशी महिलासहित १५ जनालाई उद्धार गर्न सेना र प्रहरीको संयुक्त टोली त्यता हिडेको छ । हिडन भ्यालीमा अडकिएका १५ जना सबै त्यहाँबाट तल झर्ने तर्खरमा रहेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए । उनिहरु रोकिएको स्थानमा आज मौसम अल्ली सफा… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौं, १२ कात्तिक । सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र उनको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तुसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदनको माग दाबीबमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेशमा भनिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधानमल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले त्यस्तो आदेश दिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, साढे ५ अर्बकाे काराेबार

काठमाडौं, १२ कात्तिक। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट आएको छ । परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर दुई हजार ५६६ दशमलव १६ को बिन्दुमा कायम भएको हो । आज ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह दुई दशमलव १५, जलविद्युत् शून्य दशमलव… पुरा पढौ

सोल्टी होटलद्वारा लाभांश घोषणा, साधारण सभा कहिले?

काठमाडौं, १२ कात्तिक । सोल्टी होटलले लाभांश घोषणा गरेको छ। हाेटलका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरिने साे लाभांश घोषणा गरेको हाे। कम्पनीले १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । कम्पनी कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश प्रस्ताव पारित गर्नका लागि ५१ औँ वार्षिक साधारण सभा मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा बिहान १० बजे डाकिएकाे… पुरा पढौ

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

काठमाडौं, १२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तरराष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्लीमा रहेका घिसिङ र भारतीय समकक्षी खट्ठरबीच आज भेटवार्ता भएको उनको सचिवालयले जनाएको हो । विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । यसैबीच,… पुरा पढौ

अलैँचीको भाउ उकालो लाग्दै, प्रतिमन रु एक लाख पुग्यो

झापा, १२ भदौ । अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलँैची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए। व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज रु एक लाख प्रतिमन कायम भएको हो भने चालू अलैँची रु ९७ हजार प्रतिमनका दरले खरिदबिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष अलैँचीको भाउ मङ्गलबार… पुरा पढौ

वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्ज (पर्सा), १२ कात्तिक । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए। “वीरगञ्ज नाका हुँदै पछिल्लो तीन… पुरा पढौ

खानी खोला हाइड्रोको हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन खुला

काठमाडौं, १२ कात्तिक । खानी खोला हाइड्रोपावरले आजदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दैछ। कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ बराबर १ काे रेसियाेमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागिएकाे हो। सर्वसाधारण समूहको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागिएकाे हाे । यसका लागि कात्तिक १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएकाे छ। प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ रहेकाे छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य… पुरा पढौ