मुख्य समाचार

राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, नियमन विभागमा रामु पौडेल

काठमाडौं, १८ कात्तिक। नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको एकैपटक जिम्मेवारी हेरफेर गरिएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग र विदेशी विनियम व्यवस्थापन विभागसहितका प्रमुख विभागहरूमा व्यापक हेरफेर गरेका हुन्। केन्द्रीय बैककाे बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेलले पाएका छन्। यसअघि रामु पौडेललाई बैंक सुपरिवेक्षण विभागबाट मुद्रा व्यवस्थापन विभागमा पठाइएको थियो। करिब ६ महिनापछि उनी पुनः राष्ट्र बैंकको शक्तिशाली मानिने नियमन विभागको नेतृत्वमा पुगेका छन्। यसअघि नियमन विभागमा रहेका गुरु प्रसाद… पुरा पढौ

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिरहेकाे छः मन्त्री घिसिङ

काठमाडौं, १८ कात्तिक। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताएका हुन। उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए। मन्त्री घिसिङले अहिले चार्जिङ स्टेशनको सहजीकरणका लागि यसको नीति… पुरा पढौ

नेप्सेमा २७ अङ्कको गिरावट, ५ अर्ब १५ करोडकाे काराेबार

काठमाडौं, १८ कात्तिक। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो । आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव… पुरा पढौ

बाढीपहिरोबाट इलाममा रु ११ अर्ब ८१ करोडको क्षति

फिक्कल (इलाम), १८ कात्तिक । गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा रु ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट सङ्कलन गरेको क्षतिको प्रारम्भिक… पुरा पढौ

गरिमा विकास बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १८ कात्तिक । गरिमा विकास बैंकाे शेयरमूल्य नेप्सेमा समायाेजन गरिएकाे छ । साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बैंकले बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेकाे जनाएकाे छ । नेप्सेका अनुसार ले बैंककाे ६ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । मूल्य समायोजनपछि बैंकको शेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम गरिएकाे छ। नयाँ कायम गरिएकाे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरिएकाे हो। साेमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४१७ रुपैयाँमा कारोबार… पुरा पढौ

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी, १८ कात्तिक। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् । नारच्याङको… पुरा पढौ

तीन महिनामा ३ अर्ब ३६ करोडको कृषिजन्यवस्तु निर्यात

भद्रपुर (झापा), १८ कात्तिक । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु एक अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४… पुरा पढौ

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल

काठमाडौं, १८ कात्तिक। डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए। उहाँका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ । ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा… पुरा पढौ

कार्तिक शुक्ल चतुर्दशीः वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं, १८ कात्तिक। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ । चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ । शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवास (व्रत) का… पुरा पढौ

महिनावारीसँग जोडिएको स्वास्थ्य (विचार)

काठमाडौं, १७ कात्तिक। किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ । महिनावारी सुक्नु रोग होइन तर जसरी महिनावारी हुँदा कसैकसैलाई साधारण समस्या हुन सक्छ, महिनावारी सुक्दा पनि साधारण समस्या देखापर्नु स्वाभाविक हो भनेर बुझ्नसके महिलालाई सजिलो हुने थियो । “मेरो महिनावारी ४५ वर्षमा सुकेको थियो । पहिले त मलाई केही तातो हुने, खलखली… पुरा पढौ