मुख्य समाचार

सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

काठमाडौं, २७ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा÷चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ । विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख… पुरा पढौ

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

ढोरपाटन (बागलुङ), २७ असोज । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् । यहाँको तमानखोला, ताराखोला, निसीखोला,… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७… पुरा पढौ

दीपेन्द्रसिंह ऐरीकाे सानदार बलिङ, सुपर सिक्समा युएइमाथि नेपालकाे राेमाञ्चक जित

काठमाडौं, २६ असाेज । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा नेपालद्वारा युएइ १ रनले पराजित भएकाे छ । दीपेन्द्रसिंह ऐरी सानदार बलिङमा चम्किएकाे नेपालकाे याे रोमाञ्चक जित हाे । आज खेलिएकाे सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध नेपालले एक रनको रोमाञ्चक जितकाे नतिजा निकालेको हो। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो। समूह चरणबाट दुई अंक ल्याएको नेपालकाे चार अंक छ। ओमानको पनि समान अंक रहेकाे छ। यूएईकाे दुई अंक छ।… पुरा पढौ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं, २६ असोज। पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा उनलाई पक्राउ गरिएको उल्लेख छ । विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको… पुरा पढौ

नेप्सेमा ७८ अङ्ककाे गिरावट, ६ अर्ब ७० करोडकाे काराेबार

काठमाडौं, २६ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले घटेर दुई हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो । आज ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो । आज… पुरा पढौ

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल

काठमाडौं, २६ असोज। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताएका छन् । विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा उनले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नु परेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिए। सञ्चार मन्त्री खरेलले भने, “यो दर्ता प्रक्रिया सम्भवत तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न… पुरा पढौ

हिमपातले अवरुद्ध न्यालु खण्डको हिउँ पन्छाइदै

सिमकोट (हुम्ला), २६ असोज। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा दुई दिनदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको न्यालु खण्डको हिउँ पन्छाउन स्काभेटर परिचालन गरिने भएको छ । हिमपातले बन्द भएपछि न्यालु खण्डको हिउँ पन्छाउन आज सदरमुकाम सिमकोटबाट स्काभेटर त्यसतर्फ पठाइएको हो । पूर्वधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीले आज सदरमुकामबाट गएको स्काभेटर सोमबार बिहान पुग्ने जनाउँदै सोमबार बिहानैदेखि हिउँ पन्छाइने बताए। उनका अनुसार सोमबार दिनरात हिउँ पन्छाएर सकिएमा मङ्गलबारदेखि सडक सञ्चालनमा आउने भएको छ । यसैबीच, सडक अवरुद्ध भएर तुम्लिङमा… पुरा पढौ

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

तेल अभिव, २६ असोज । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले… पुरा पढौ

ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, २६ असाेज । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुका लागि नगद लाभांश घोषणा गरेको हाे । बैंकका अनुसार हाल कायम भएकाे चुक्ता पूँजीको ८ प्रतिशतकाे दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ। पुरा पढौ