मुख्य समाचार

भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह

काठमाडौं, २७ भदौ । नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग्रह गरेको हो । सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूरुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ । साथै सेनासम्बन्धी सूचना आदानप्रदानका लागि सूचना निर्देशनालयलगायत स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न सकिनेसमेत… पुरा पढौ

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

काठमाडौं, २७ भदौ । गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् । यही भदौ २३ र २४ गते 'जेनजी' आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए। यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो… पुरा पढौ

सामान्य बन्दै पोखराको जनजीवन, चहलपहल बढ्दै

पोखरा, २७ भदौ। जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ । बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताए। “दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय हुन्छ”, उनले भने, “अहिले सुरक्षा व्यवस्था चुस्त र कडा तुल्याइएको छ ।” अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको उनको भनाइ छ ।… पुरा पढौ

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर, २७ भदौ। यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ । व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै अर्ग्यानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताए। “विगतमा यहाँ उत्पादन हुने अर्ग्यानिक आलु अन्य सहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा… पुरा पढौ

बीमा दाबीलाई सहज बनाउन निर्देशन

काठमाडौं, २७ भदौ । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए। असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध… पुरा पढौ

बारद्वारा समस्याको समाधान संविधानबाटै गर्न अपिल

काठमाडौं, २६ भदौ । नेपाल बार एशोसिएशनले युगकै जटिल परिस्थितिमा उभिएको बेलामा वर्तमान चुनौतीहरुको समाधान खोज्दै गर्दा राष्ट्रले सामना गरिरहेको समस्याको समाधान नेपालको संविधानबाटै हुनुपर्ने सार्वजनिक अपिल गरेको छ । देशको सर्वोच्च कानुनको रुपमा हाम्रो संविधनाले लोकतान्त्रिक शासन, अधिकारको संरक्षण र विवादहरुको शान्तिपूर्ण समाधानका लागि वैध मार्गचित्र प्रदान गर्ने बताईएको छ । संविधान कयौंको वलिदानी र वर्षौंको प्रयासपछि बनेको तथ्यलाई कदापी बिर्सन नुहने अपिलमा उलेख छ । बारको असपिलमा लेखिएको छ, यस जटिल परिस्थितिमा संविधानको मर्मभित्र रहि तत्काल राष्ट्रिय सरकार… पुरा पढौ

कामना सेवा विकास बैंक पुनःनिर्माणमा जुट्यो

काठमाडाै, २६ भाद्र। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ । जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको मोरङको भूमिसुधार तथा मालपोत कार्यालय मर्मत सम्भार समेत गर्ने भएको हाे । मालपोत कार्यालय विराटनगरका तर्फवाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फवाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुषालले पुनःनिर्माणको लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । हाल कार्यलय जलेर नष्ट भएको विवरण संकलनको कार्य भईरहेको र विवरण… पुरा पढौ

‘मुलुकलाई संवैधानिक निकास दिन हर प्रयास गरिरहेको छु’-राष्ट्रपति पौडेल 

काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संवैधानिक निकास दिनका लागि हर प्रकारको प्रयास गरिरहेको बताएका छन् । देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर मविचार विमर्श गरिरहेको छु, उनले जारी गरेको पत्रमा लेखिएको छ । आन्लोलनकारी नागरिकको माग संवोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको दोजि भईरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न… पुरा पढौ

संविधानकाे मर्म अनुसार सार्थक संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेकाे ध्यानाकर्षण

काठमाडौं, २६ भदाै । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेकपा (एमाले) केन्द्रीय सचिवालयले एक वक्तव्य जारी गरेर मुलुकमा उत्पन्न असामान्य परिस्थितिबाट नेकपा (एमाले) गंभीर र संवेदनशील बनेको बताएकाे छ । महासचिव शंकर पोखरेलद्वारा जारी गरिएकाे वक्तव्यमा विकसित भएकाे घटनाक्रम र निकासका सम्बन्धमा पार्टीको दृष्टिकोण प्रस्तुत गरिएकाे छ । १. ​सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार र नातावादको विरोध, सुशासन लगायत विभिन्न माग राखेर जेन्जी युवाहरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) स्तब्ध भएको छ । घटनामा… पुरा पढौ