मुख्य समाचार

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकाेमा अमेरिकाद्वारा स्वागत

काठमाडौं, २९ भदौ । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकाेमा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ । “हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाेमा… पुरा पढौ

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्दै

काठमाडौं, २९ भदौ। नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका… पुरा पढौ

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाडौं, २९ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन्। नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले सन्देशमा बालद दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताएका छन् । सन्देशमा भनिएको छ, “नेपालको… पुरा पढौ

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा

काठमाडौँ, २९ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य… पुरा पढौ

गहभरी आँशु पारेर टोलाइरहन मन लागे पनि त्यसो गर्ने छुट छैन-अध्यक्ष ढकाल

काठमाडौं, २८ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी काे प्रदर्शनमा सरकारकाे दमन भएपछि उत्पन्न भएकाे उग्र प्रदर्शनकाे क्रममा उद्याेग तथा व्यवसायीक संरचनाहरुमा भएकाे आगलागिबाट अर्बाैकाे क्षति भएकाे बताएका छन्। खरानी भएका संरचनाहरु हेर्दै गहभरी आँशु पारेर टोलाइरहन मन लागे पनि त्यसो गर्ने छुट नभएकाे बताएका छन् । महासङ्घ अध्यक्ष ढकालको लगानी रहेको काठमाडौंकाे चन्द्रागिरि केबलकार र नवलपुरमा गैँडाकोटमा रहेकाे मौलाकालिका केबलकारमा आगजनी र तोडफोड भएको छ । उनले सामाजिक संजालमा व्यक्त गरेका कारुणीक कुराहरुलाई यहाँ प्रस्तुत… पुरा पढौ

संसद विघटन गम्भीर संवैधानिक संकटको संकेत-महासंघ

काठमाडौं, २८ भदौ । नेपाल पत्रकार महासंघले हालै भएको प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनलाई संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै कडा आपत्ति जनाएको छ। महासंघले यसलाई लोकतान्त्रिक अभ्यास र संवैधानिक सर्वोच्चतामाथि आघात पुर्‍याउने कदमको रूपमा व्याख्या गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै महासंघले लोकतन्त्र, संविधानवाद, विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संस्थागत विकासका लागि निरन्तर संघर्षरत रहेको उल्लेख गरेको छ। २०६२/६३ सालको जनआन्दोलनपश्चात् स्थायी राजनीतिक व्यवस्थाको निर्माण हुने अपेक्षा गरिएको भए पनि पछिल्ला राजनीतिक घटनाक्रमले त्यस्तो… पुरा पढौ

संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीतः कांग्रेस

काठमाडौं, २८ भदौ। नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ । मुलुकको पछिल्लो विकसित घटनाक्रमका सम्बन्धमा शुक्रबार राति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधानसम्मत नरहेको निर्णय गरेको हो । बैठकले उक्त कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको निष्कर्ष निकालेको छ । उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा भएको बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेता आमन्त्रित रूपमा सहभागी हुनुहुन्थ्यो । जेनजी… पुरा पढौ

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

काठमाडौं, २८ भदौ। सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको… पुरा पढौ

कर्फ्यु र निषेधाज्ञा हट्यो, जनजीवन सामान्य

काठमाडौं, २८ भदौ । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आम नागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी… पुरा पढौ

म न कुनै राजनीतिक मान्छे, न कुनै भ्रष्ट र तस्कर : उद्यमी थापा

काठमाडौं, २८ भदाै । युवा उद्यमी ध्रुव थापा व्यवसाय सँगसंगै सामाजिक सेवाका कार्यमा उत्तिकै सक्रिय छन। हालै पाेखरामा GEN Z काे प्रदर्शनकाे क्रममा घुसपैठ भइ नयाँबजारमा रहेकाे थापाकाे घरमा आगाे लगाएपछि बिक्षिप्त बनेका उनले फेरि सुन्यबाट माथि उठ्ने बताएका छन् । नाडाकाे निवर्तमान अध्यक्ष समेत रहेका थापाले साे अकल्पनीय परिवेशबारे आफ्नाे फेसबुक पेजमा यस्ताे लेखेका छन । म कुनै राजनीतिक मान्छे थिइन। न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ। कति आरोह अवरोह… पुरा पढौ