काठमाडौं, २७ भदाै । नेपाल उद्योग वाणिज्य महासंघ देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गरेकाे छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा महासंघ समवेदना व्यक्त गरिएकाे छ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएकाे छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले चासो देखाएको छ । यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भै युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा…
पुरा पढौ