मुख्य समाचार

उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी

काठमाडौं, २३ भदौ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आजै अर्काे विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यू आदेश जारी गरिएको जनाउनुभएको छ । त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार… पुरा पढौ

पर्वतको बैशाली सहकारी हिनामिना, ७४ जना बिरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता

पोखरा, २३ भदाै । पर्वतको कुश्मामा कार्यालय रहेको बैशाली सहकारी संस्था लिमिटेडमा बचतकर्ताको १० करोड ६४ लाख रकम हिनामिनामा संलग्न रहेका ७४ जना बिरुद्ध प्रहरीले जिल्ला अदालतमा आइतवार मुद्धा दर्ता गरेको छ । सहकारीमा भएको रकम हिनामिनाका अनुसन्धान अधिकृत सुमित श्रेष्ठका अनुसार हिनामिनामा संलग्न ७४ जनावाट १० करोड ६४ लाख बिगो हर्जना मागदावी गरेर प्रहरीले मुद्धा दर्ता गरेको हो । सहकारी रजिस्टारको कार्यालय पोखरा एक महिना अघि छानविन गरेर दिएको प्रतिबेदनलाई आधार मानेर प्रहरीले अनुसन्धान थालेको हो । प्रहरीले हिनामिना… पुरा पढौ

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

काठमाडौं, २३ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय गराइसकेको जनाएको छ । मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३२… पुरा पढौ

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं, २३ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई… पुरा पढौ

कोशी, मधेश र बागमतीमा भारी वर्षा

काठमाडौं, २३ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक… पुरा पढौ

पहिलाे पटक लेखनाथ उद्याेग वाणिज्य संघमा महिलाकाे नेतृत्व-जानुकाकाे प्यानलै विजयी

पोखरा, २३ भदाै । लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व पाएकी छन्। संघमा एक दशक बढीको लगाव राखेकी जानुका पराजुली अधिकारीले बाजि मारेकी हुन् । उनको प्यानलले संघको निर्बाचनमा ‘क्लिन स्विप’ गरेकाे छ । जानुकाले प्रतिद्वन्दी राजेन्द्र ओझालाई १ सय ६३ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। यस अगाडी जानुका संघको महासचिबको जिम्मेवारीमा थिईन । राजेन्द्र बरिष्ठ उपाध्यक्ष थिए। अध्यक्षमा बिजयी जानुकाले ९ सय ९६ मत र उनका प्रतिद्वन्दी राजेन्द्रले  ८ सय ३३ मत मात्र प्राप्त गरे। जानुका… पुरा पढौ

कामना सेवा विकास बैंकले गर्याे लाभाशं घोषणा

काठमाडौं, २२ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८१।८२ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् । यो संगै कामना सेवा विकास बैंक लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।… पुरा पढौ

एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न, ७ प्रतिवेदन पारित

गोदावरी (ललितपुर), २२ भदौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित भएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ । यसैगरी, केन्द्रीय सल्लाहकार… पुरा पढौ

सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्तामा आउन पुनः आग्रह, भिपिएन प्रयोग नगर्न अनुरोध

काठमाडौं, २२ भदौ। सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही ‘डिजिटल’ वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रक्रियामा आउन सबैलाई आग्रह गरेको हो । सञ्चार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका,… पुरा पढौ