मुख्य समाचार

काठमाडौं र पाेखरामा बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी

काठमाडौं, २४ भदौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन्। काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कफ्र्यू आदेश जारी गरिएको हो । कफ्र्यू आदेशअनुसार काठमाडौं महानगरपालिकाका चक्रपथभित्र… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७३… पुरा पढौ

कोशी, बागमती र गण्डकी र मधेसमा वर्षाको सम्भावना

काठमाडौं, २४ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका… पुरा पढौ

‘जेनजी’को प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २४ भदौ। सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार सोमबारको प्रदर्शनमा ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचारको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णयसमेत बैठकले गरेको छ । जेनजी युवाको शान्तिपूर्ण प्रदर्शनमा आफ्नो अभिष्ट पूरा गर्ने… पुरा पढौ

गृहमन्त्री रमेश लेखकले दिए पदबाट राजीनामा

काठमाडौं, २३ भदाै । काठमाडौंमा जेनजी समूहकाे प्रदर्शनका क्रममा १९ जनाकाे ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताकाे आधारमा पदबाट राजिनामा दिएका छन्। साेमबार साँझ मन्त्रिपरिषद् बैठक बसिरहेकाे बेलामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको श्राेतले बताएकाे । राजीनामाकै बारेमा आजै कांग्रेस बैठकमा कांग्रेसकै नेताहरुले लेखकलाई राजिना दिन सुझाएका थिए । उता रास्वपा, जनता समाजवादी पार्टी, नेकपा एस तथा माओवादीले गृहमन्त्री, सञ्चारमन्त्री तथा प्रधानमन्त्रीको रासजिनामा माग गरेका थिए । जेनजी समूहको आन्दोलन हिंसात्मक बनेपछि १९ जनाको ज्यान गइसकेकाे छ ।… पुरा पढौ

मर्यादित र संयमित बन्न मानवअधिकार आयोगको अनुरोध

काठमाडौं, २३ भदौ । राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना प्रदर्शनरत पक्षलाई शान्तिपूर्ण, मर्यादित र संयमित बन्न अनुरोध गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रदर्शनलाई मर्यादित, संयमित र बनाउन अनुरोध गरिएको छ । “यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचितरुपमा समयमै सम्बोधन गर्नु जरुरी छ”, विज्ञप्तिमा भनिएको छ, “मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको निःशुल्क उपचार गर्न,… पुरा पढौ

‘जेनजी’ काे प्रदर्शनमा १९ को मृत्यु, देशभर ३ सय बढी घाइते

काठमाडौं, २३ भदौ । आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ । यसैगरी बानेश्वरस्थित एभरेष्ट… पुरा पढौ

पाेखरामा पनि कर्फ्यु आदेश जारी

काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पाेखरामा जेनजीको प्रदर्शन नियन्त्रण बाहिर जानथालेपछि प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाे। काठमाडौंकाे प्रदर्शनमा केहि युवा मृत्यु भएपिछ उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीमा दुइफटक घेराउ र नारावाजि गरेका छन् । उनीहरुले गाेलि हान्न पाइदैन, मान्छे मार्न पाइदैन, सरकारकाे निर्णय फिर्ना लिनुपर्ने नारा लगाएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएकाे हाे… पुरा पढौ

काठमाडौंमा १४ प्रदर्शनकारीको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौं, २३ भदौं । काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये… पुरा पढौ

कर्णालीका जलविद्युत् आयोजना अगाडि बढाइनेछ-मन्त्री खड्का

काठमाडौं, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनासँगै कर्णाली प्रदेशका अन्य आयोजना अगाडि बढाउन सरकार लागिपरेको बताएका छन्। फुकोट कर्णाली जलविद्युत् आयोजनाको कामलाई चाँडो अगाडि बढाउनुपर्ने मागसहित मन्त्रालयमा आएको कालीकोटको सर्वदलीय बैठकमा उनले कर्णाली प्रदेशको समृद्धिका लागि मन्त्रालयले फुकोट कर्णालीसँगै अन्य जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन खोजेको बताए। उनले आयोजना निर्माणका लागि सम्झौता भएको भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँगको सहकार्यमा आयोजनाको कामलाई अगाडि बढाउन विद्युत् उत्पादन कम्पनीलाई निर्देशनसमेत दिए। “देशभरका आयोजनालाई सरकार एक्लैले लगानी… पुरा पढौ