मुख्य समाचार

कर्णाली र सुदूरपश्चिमका एकदुई ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, १५ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी आज… पुरा पढौ

पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कारबाट सफलआवाजकर्मि आरजू सम्मानित

पोखरा, १४ भदाै । पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कारबाट सफलआवाजकर्मि पत्रकार मोहनकुमार विष्ट (आरजू विष्ट सल्यानी) सम्मानित भएका छन्। शनिबार संघको ७१औं वार्षिक अधिवेशन तथा साधारण सभाकाे अवसरमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले पत्रकार विष्टलाई नगद रु. २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन्। पाेखरामा लगातार २५ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका विष्टले २०५४/५५ सालमा काठमाडौंबाट प्रकाशित हुने सन्ध्याकालिन दैनिकबाट पत्रकारिता… पुरा पढौ

माछापुच्छ्रे बैंकद्वारा ८ प्रतिशत लाभांश घाेषणा

काठमाडौं, १४ भदाै । माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । बैंककाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीहरुका लागि ८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । साे प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंककाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि सेयरधनीलाई वितरण गरिने भएकाे छ । यसमा ४ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयरसहित ८ प्रतिशत लाभांश वितरण गरिने भएकाे छ । माछापुच्छ्रे बैंक यसपटक लाभांश घोषणा गर्ने पहिलाे बाणिज्य… पुरा पढौ

प्रधानमन्त्री ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे। प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६… पुरा पढौ

कृषिवस्तु निर्यातमा सहजीकरण गरिदिन चीनसँग आग्रह

काठमाडौं, १४ भदौ। नेपालले भैसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौँमा भएको द्धिपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मकरूपमा लिएको जनाएको छ । बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरे भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए । नेपालवाट थर्मलरूपमा प्रशोधीत भैँसीको मासु र… पुरा पढौ

देशभर मध्यम वर्षाको सम्भावना

काठमाडौं, १४ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको तियान्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको आफ्नो आसन्न भ्रमणबारे आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका छन्। उनले यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताए । प्रधानमन्त्री ओलीले ‘एससिओ’ शिखर सम्मेलनमा आफ्नो सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।… पुरा पढौ

कोशीमा ३ हजार रोजगारी सिर्जना हुने परियोजना सञ्चालन

विराटनगर, १३ भदौ । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । रु ६० करोडको ‘ग्यारेन्टी’ फन्डमार्फत रु आठ अर्ब बराबरको कर्जा सुरक्षा गरिने र रु २८ करोडको ‘च्यालेञ्ज फन्ड’मार्फत प्रवद्र्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । यसबाहेक ‘इन्फर्मेसन… पुरा पढौ

तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

तनहुँ, १३ भदौ। आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रमका लागि रु ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको उनले बताए। यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको… पुरा पढौ