मुख्य समाचार

नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन : विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं, ३ भदौ । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ । यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयलाई बधाई दिएको छ । सङ्गठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सोमबार पत्र पठाउँदै सो बधाई दिइन्। लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुनसकेको थिएन ।… पुरा पढौ

आजदेखि ‘नाडा अटो शो’ सुरु हुँदै, आकर्षणमा उड्ने सवारी

काठमाडौं, ३ भदाै । ‘गो फर मोर’ नाराका साथ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । नाडा अटो शो २०२५ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका नाडाले जनाएकाे छ । प्रदर्शनी नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ । नाडाले स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने तरखर गरिरहेकाे छ । साेहि क्रममा नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३… पुरा पढौ

कानुनबमोजिम विज्ञापन गर्न बोर्डद्वारा क्यानलाई सचेत

काठमाडौं, ३ भदौ। विज्ञापन बोर्डले प्रचलित ऐन, कानुन, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गत मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू ‘फस्र्ट सेञ्चुरी मिडिया’ नामक विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइटलगातमा ब्याटिङ गराएको भन्ने उजुरपछि बोर्डले उक्त निर्णय गरेको हो । बोर्डको गत साउन २१ र २९ को बैठकबाट निर्णय भएकाले विज्ञापन नियमन गर्ने नियमावलीबमोजिम सूचना प्रकाशित गरिएको बोर्डका प्रवक्ता एवं… पुरा पढौ

उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौँ, ३ भदौ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन। उनका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो । आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन… पुरा पढौ

नेप्से ९.१६ अंकले बढ्याे, ६ अर्ब १७ करोडकाे काराेबार

काठमाडौं, २ भदाै । साताको शेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली शेयर बजारमा सामान्य अंककाे बृद्धि भएकाे छ । नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.६६ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंकले बढेको छ। यसदिन काराेबार रकममा केही कमि भएकाे छ । अघिल्लाे दिन हिजाे ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर काराेबार भएकाेमा साेमबार ३२० कम्पनीहरुकाे ६७ हजार ९५९ पटकको कारोबार भएकाे छ । ६… पुरा पढौ

सूचना प्रविधि, सुशासन र विकास: प्रधानमन्त्री ओली (विचार)

काठमाडौं, २ भदौ । आज सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ । हामी आइटीविना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छाै । पहिलो कुरा, आइटीको प्रयोग केका लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोगलाई सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, करप्सन कन्ट्रोलका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा… पुरा पढौ

सर्वोत्तम सिमेन्टले १ अर्ब ४५ लाख नाफा कमायाे

काठमाडौं, २ भदाै । सर्वोत्तम सिमेन्टकाे नाफा ५७२.५२ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा रुपैयाँ १ अर्ब खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म रुपैयाा १४ करोड ९३ लाख खुद नाफा कमाएको थियाे । गत आर्थिक वर्षमा रुपैयाँ १ अर्ब ४५ लाख खुद नाफा कमाएको छ। जाे ५७२.५२ प्रतिशतले बढि हाे । कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशतले बढेकाे छ । यसरी बढेर रुपैयाँ ९ अर्ब ५५… पुरा पढौ

अलैँचीको भाउ सात वर्ष यताकै उच्च, किसान उत्साही

झापा, २ भदौ। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए। “यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन रु ४० हजारसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ । विसं २०७५ को… पुरा पढौ

डिजिटल नेपाल फ्रेमवर्कको विस्तार र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं, २ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिएका छन् । सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्केले प्रधानसहितसँग ब्रिफिङ लिए । नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार… पुरा पढौ