मुख्य समाचार

आरएसडिसी लघुवित्तकाे नाफा २७.१९ प्रतिशतले घट्याे

काठमाडौं, १६ साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको सोही अवधिकोभन्दा घटेको छ। गत आर्थिक वर्षमा लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियाे । जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २७.१९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तकाे नाफा १४ करोड १७ लाख रुपैयाँ थियो। लघुवित्तको खुद ब्याज आम्दानी २२.५४ प्रतिशत रहेकाे छ । अन्य… पुरा पढौ

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौं, १६ साउन। सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, १६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा… पुरा पढौ

पेट्रोलमा घट्दा, डिजल र मट्टितेलमा भने मूल्य बढ्यो

काठमाडौं, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर रु दुईले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ तय गरिएको निगमले जारी गरेको विज्ञप्तिमा… पुरा पढौ

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

काठमाडौं, १६ साउन । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताए। दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसनिम्ति हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने… पुरा पढौ

आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने

काठमाडौं, १६ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सम्भावित वर्षाका… पुरा पढौ

अन्तिम दिन नेप्सेमा गिरावट, करिब १६ अर्बकाे काराेबार

काठमाडौं, १५ साउन । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेप्सेकाे ओरालोको यात्राले निरन्तरता लिएकाे छ । बुधबार पनि नेप्से परिसूचक घटेर बन्द भएको थियाे । यसदिन नेप्से ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.७१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.०७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ। बिहिबार कारोबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेको छ। हिजाे १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर काराेबार भएकाेमा बिहिबार ३१८ कम्पनीहरुकाे १ लाख ६८… पुरा पढौ

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

काठमाडौं, १५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री tyf सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले गरेका १८ निर्णयहरु सार्वजिनक गरेका छन् । मन्त्री गुरुङले बिहिबार सञ्चार मन्त्रालयमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा ति निर्णयहर सार्वजनिक गरेका हुन् । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउदै मन्त्री गुरु बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सुनाउँदै मन्त्री गुरुङले रानी जमरा कुलिरया… पुरा पढौ

उद्यमीमाझ प्रधानमन्त्री ओली : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

काठमाडौं, १५ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए। “हामी सन् २०२६ मा विकसित मुलुुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने… पुरा पढौ

तनहुँ जलविद्युत्मा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

दमौली (तनहुँ), १५ साउन। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो । सेन्सर जडान गर्नुको मुख्य उद्देश्य मनसुनको बाढीबाट अस्थायी बाँध भत्किन सक्ने जोखिम न्यूनीकरण गर्नु रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाअन्तर्गत… पुरा पढौ