मुख्य समाचार

एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड

काठमाडौं, १५ साउन। नेकपा (एमाले)ले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । महाधिवेशन सफल बनाउन विभिन्न नेतालाई व्यवस्थापनको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिवेशन प्रतिनिधिको सङ््ख्या यकिन गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ । १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो ? कतिले पार्टी छाडे ती सबै बिषय यकिन गर्न सङ्गठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले… पुरा पढौ

महुली लघुवित्तकाे नाफामा २५५.८० प्रतिशतले बृद्धि

काठमाडौं १५ साउन । महुली लघुवित्त वित्तीय संस्थाकाे नाफा उल्लेख्य बढेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा बढेकाे छ । साथै प्रतिशेयर आम्दानी पनि बढेको छ। संस्थाले गत आर्थिक वर्षमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २५५.८० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा ३ करोड २१ लाख रुपैयाँ थियाे । खुद ब्याज आम्दानी ४३.०२ प्रतिशतले बढेकाे छ ।… पुरा पढौ

एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी, वार्षिक एक करोड मुनाफा

झापा, १५ साउन। विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन्। हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि… पुरा पढौ

आज साउन १५ः खीर खाएर मनाइँदै

काठमाडौं, १५ साउन। साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका… पुरा पढौ

सुदूरपश्चिम, लुम्बिनी र पहाडी भागमा वर्षाको सम्भावना

काठमाडौं, १५ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली… पुरा पढौ

कालिका लघुवित्तद्वारा एकैपटक ६३ जना कर्मचारी माग

पोखरा, १५ साउन । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा ६३ जना कर्मचारी माग गरेको छ । संस्थाले आज आदर्शसमाज दैनिकमा आवश्यकताको बिज्ञापन प्रकाशित गर्दै बिभिन्न पदमा खुल्ला प्रतिस्पर्धावाट स्थायी सेवामा कर्मचारी पदपूर्ति गर्न भन्दै दरखास्त आह्वान गरेको हाे । प्रकाशित सुचना अनुसार लघुवित्तले प्रवन्धक, बरिष्ठ अधिकृत, अधिकृत, सहायक, कनिष्ठ सहायक लगायतका पदमा कर्मचारी माग गरेको छ । आवश्यक शैक्षिक योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ । दरखास्त दिने… पुरा पढौ

कागतीले बजार नपाउँदा किसान चिन्तित

दमौली (तनहुँ), १५ साउन। तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन्। व्यावसायिक कागतीखेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन्र। मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले भने, “बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।” स्थानीयस्तरमा बजार… पुरा पढौ

सघन सहरी तथा भवन आयोजनाकाे ७५ करोड बजेट फिर्ता

जुम्ला, १५ साउन। जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये रु ७५ करोड दुई लाख ६९ हजार बजेट फिर्ता गएको छ । सङ्घीय सरकारले जिल्लाको विकासका लागिसबैभन्दा बढी रकम यसै कार्यालयका लागि विनियोजन गरेको थियो । पुँजीगततर्फको बजेट रु एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मीनबहादुर घर्तिमगरले जानकारी दिए… पुरा पढौ

नेप्से ४७.९३ अंकले घट्याे, १६ अर्ब ४४ करोडकाे काराेबार

काठमाडौं, १४ साउन । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्से नकारात्मक लयमा गएकाे छ । अघल्लाे दिन साउन १३ गते नेप्से बढेर ३००० विन्दु पार गरेकाे थियाे । यसदिन नेप्से ३०० विन्दु तल झरेर बन्द भएकाे छ । यसका साथै काराेबार रकममा पिन कमि कमि भएकाे छ । नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको हाे । सेन्सेटिभ इण्डेक्स १०.७५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.६३ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७४ अंकले घटेको छ। साउन… पुरा पढौ

बगैंचा रिर्सोट एण्ड स्पाको शुभारम्भ, पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री आरजु राणा

पाेखरा, १४ साउन। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् । पोखराको लेकसाइडमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट एण्ड स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको बताइन। आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राखिन्। पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा… पुरा पढौ