मुख्य समाचार

आधुनिक रोग निदानका आधार-परम्परागत खाद्यबाली

काठमाडौं, ३० असार। आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली हो भन्ने कुरा बुझ्दै गएका छन् । काठमाडौँको जडीबुटी नरेफाँट बस्ने वसन्तले पनि यो कुरा बुझ्न थालेको तीन वर्ष भयो । उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलसँग एकैपटक सङ्घर्ष गर्नु परेपछि उहाँले यो… पुरा पढौ

सुनचाँदीकाे भाउ बढ्याे, आज चाँदीमा रेकर्ड कायम

काठमाडौं, ३० असार । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ । यसदिन चाँदीको भाउले रेकर्ड कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । चाँदीको भाउ ताेलामा रुपैयाँ ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको… पुरा पढौ

सबै भुक्तानीहरु अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न अर्थकाे परिपत्र

काठमाडौं, ३० असार । अर्थ मन्त्रालयले २०८२ साउन १ गतेबाट सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीहरु अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई साे व्यवस्था गर्न परिपत्र गरेको हो । मन्त्रालयका अनुसार केही बोर्ड, समिति र सार्वजनिक संस्थानहरुमा विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको देखिएकाेले अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटमा यसका बारेमा उल्लेख भएकाेले साेअनुसार परिपत्र गरिएको… पुरा पढौ

साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै नबिल बैंक

काठमाडौं, ३० असार । नबिल बैंकले साउन ६ गतेदेखि ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गर्ने भएकाे छ । बैंकले ८ वर्ष अवधि रहेकाे वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको जनाएकाे छ । साे ऋणपत्र एक हजार अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्काशन गरिने भएकाे हाे । यसबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत बिक्री गरिनेछ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२… पुरा पढौ

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम भएकाे छ-अर्थमन्त्री पौडेल

काठमाडौं, ३० असार। वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए। एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ । सरकारको एक वर्ष उपलब्धिपूर्ण रह्यो । आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायत अरु सबै हिसाबले उपलब्धिपूर्ण ढङ्गले हामीले एक वर्ष व्यतित गरेका छौँ । हाम्रा उपलब्धि गर्व गर्न लायक छन् ।… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३… पुरा पढौ

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न

काठमाडौं, ३० असार। देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ । कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत… पुरा पढौ

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

सुदूरपश्चिम (कैलाली), ३० असार। खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त आयोजना कर्णाली प्रदेशका दुई स्थानीय तहहरु वीरेन्द्रनगर नगरपालिका र शारदा नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका चार स्थानीय तह दिपायल सिलगढी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिकामा कार्यान्वयन हुने खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले जानकारी दिए। उहाँकाअनुसार खानेपानीमन्त्री प्रदीप यादव तथा सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको सहभागिता… पुरा पढौ

प्रधानमन्त्री ओलीबाट मदनडाँगी-ताराबारी-डिपु सडक उद्घाटन

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो । चवालिस करोड २४ लाख लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका कामसक्ने अभियानमा सरकार रहेको बताए। प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला… पुरा पढौ

मौद्रिक नीतिपछिको पुँजी बजार-नेप्सेमा ३१ अङ्कको सुधार

काठमाडौं, २९ असार। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ता चासो देखिएको छ । आज नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख पाँच हजार ४१५ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ४१ करोड ६४ लाख २८… पुरा पढौ